arrow

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
Parliament_building.png

काठमाडौं। प्रतिनिधिसभाबाट सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो।

यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो। संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए।

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १५ गते सांझ ६ : ३० बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ