भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिनेछः प्रधानमन्त्री ओली
प्रकाशित २०७५ जेठ १३ आइतबार
574
Shares
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरे।
यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आजको राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताए। उनले समृद्ध नेपाली, सुखी नेपालीका लागि सर्वत्र विकास आवश्यक छ भन्दै कृषि, उद्योग, व्यापार, उद्योग, पर्यटन, रोजगारी, पूर्वाधारका क्षेत्रमा विकास गर्नका लागि नीति तथा कार्यक्रमले आधार तयार गरेको बताए।
प्रधानमन्त्री ओलीले भारतसँग सम्झौता भएका तर कार्यान्वयनमा नआएका विषयलाई अब कार्यान्वयनमा लगिने बताए। प्रधानमन्त्रीले निर्यातमूलक उत्पादनमा प्राथमिकता दिइने बताउँदै आर्थिक उन्नतिका लागि पूर्वाधारको महत्व हुने भएकाले त्यसलाई सरकारले विशेष जोड दिएको बताए। रासस