arrow

नक्कली चिकित्सकलाई प्रहरीले भटाभट पक्राउ गर्दै

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
doctor.gif.gif
काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप एक जना व्यक्तिलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत  चिकित्सक राजेन्द्रप्रसाद दासलाई सो आरोपमा पक्राउ गरेको हो । दासले प्रमाणपत्र तह नै उत्तीर्ण नगरी प्रमाणपत्र तहको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी र्दिए । 
 
पक्राउ परेका व्यक्तिलाई सप्तरीबाट काठमाडौँ ल्याइँदै गरेको र त्यसपछि थप अनुसन्धान गरिने उहाँले जानकारी दिए । यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ