arrow

प्रदेश २ मा सन्किएर सरकार छोड्यो नेकपाले, अब प्रमुख प्रतिपक्षी 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
province-2_samsad.JPG

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै नेकपा प्रमुख प्रतिपक्षी दल भएको छ । केन्द्रमा फोरम र राजपालाई सरकारमा ल्याउने कसरतमा रहेको नेकपा प्रदेशमा भने सन्किएर सरकार छाडेकाे हाे । 

नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको स्पष्ट बहुमत छ । प्रदेश सरकारमा फोरम र राजपालाई अब रिजवान अन्सारीको संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसदको समर्थन छ । मुख्यमन्त्री लालबाबु राउतलाई ५५ जनाको समर्थन छ । काँग्रेसको १९ सिट छ भने, मुख्य विपक्षी भएको नेकपा तिर ३२ सिट छ । विपक्षमा अब ५१ मत भएको छ । 

मुख्यमन्त्री लालबाबु राउतले आइतबार बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले विरोध गरे । मुख्यमन्त्रीले समय पाएनन् । तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाउनेवित्तिकै ‘जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार सरकारले काम गरेन ।  सरकारको गति एकदमै सुस्त भयो’ भने । 

यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको आरोप समेत लगाए । उनीहरुले संसद नै अवरुद्ध गरिदिए । पछि बैठक चल्यो । फोरम र राजपाका सांसदहरुले नेकपाले समर्थन फिर्ता लिए पनि केही फरक नपर्ने बताएका छन् । प्रदेशको मतभेदले केन्द्रको संवादमा समेत केही असर नगर्ने उनीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ