arrow

पशुपतिनाथका भट्टलाई घरजान हवाई टिकट

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
पर्यटन-मन्त्री.jpg.jpeg
काठमाडौं । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टलाई घर (भारतको बैगलोर) जानआउन वार्षिकरुपमा एकपटक हवाई टिकटसहित रु ४० हजार उपलब्ध गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषको आजको बैठकले वार्षिक एकपटक घरजाने मूल भट्ट र सहायक भट्टका लागि सो व्यवस्था गर्ने बैठकले निर्णय गरेको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । 
 
पशुपतिनाथ मन्दिरका मूल भट्ट एक र चार सहायक भट्ट गरी पाँच भट्टलाई हवाई टिकट र घर जान र आउनका लागि वार्षिक रु ४० हजार दिने बैठकले निर्णय गरेको हो । यसअघि प्रतिभट्ट वार्षिक रु ४० हजार आवतजावतका लागि दिइने गरिन्थ्यो । त्यसले आफूहरुलाई टाढाको यात्रा गर्न कठिनाइ भएको भन्दै भट्टहरुले हवाई टिकटको व्यवस्था गर्न माग गर्दै आएका थिए । 
 
त्यस्तै, बैठकले पशुपतिको मूल भट्ट र सहायक भट्टका छोराछोरीलाई अध्ययनका लागि कोषले मासिक रु १० हजार छात्रवृत्तिस्वरुप प्रदान गर्ने र सो स्कुल वा क्याम्पसको खातामा छोराछोरी २२ वर्षको हुँदासम्ममात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । कोषको बैठकले सेवा करारमा काम गर्ने कर्मचारीलाई उमेरको हद ६० वर्ष मान्ने निर्णय गरेको र पशुपतिनाथको मन्दिरलाई हिन्दूको आस्थाको केन्द्र बनाउनका लागि सबैले प्रतिबद्ध भएर काम गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
 
मन्त्री पोखरेलको अध्यक्षतामा भएको कोषका पदाधिकारीको बैठकमा मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, राष्ट्रिय योजना आयोगका सचिव डा चन्द्रकान्त पौडेललगायत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ