arrow

ओली विशेष दूतले क-कस्लाई भेटे ?

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र द्विपक्षीय राजनीतिक सम्बन्ध सुधारका लागि विशेष दूतका रुपमा भारत पुगेका अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । दिल्ली पुग्ने वित्तिकै अर्थमन्त्री पौडेलले गृहमन्त्री राजनाथ सिंहसंग समसामयिक राजनीतिक विषयमा छलफल गरे । भेटमा सिंहले पछिल्लो राजनीतिक विकासक्रमबारे जिज्ञासा राखेको अर्थमन्त्रीका प्रेस संयोजक मोहन चापागाईले जानकारी दिए । 
 
अर्थमन्त्री पौडेलले साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग डिनर सहितको भेटघाट गरेका छन् । सोमबार बिहान भारतीय समकक्षी तथा वित्तमन्त्री अरुण जेट्लीसंग लन्च मिटिङ रहेको प्रेस संयोजक चापागाईले बताए । उनले भने, ‘दिउँसो फोन भा थ्यो, केही भेटबारे कुरा भयो, अन्य कार्यक्रमबारे सोमबार बिहान मात्रै थाहा हुन्छ ।’ मन्त्री पौडेल सात सदस्यीय प्रतिनीधिमण्डलको नेतृत्व गर्दै दिल्ली दौडाहामा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ