arrow

अस्पतालबाट फिर्ता भए उपराष्ट्रपति पुन

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
उपराष्ट्रपति-अस्वस्थ.jpg.jpeg
काठमाडौ‌। उपराष्ट्रपति नन्दबहादुर पुन नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालबाट निवास फिर्ता भएको छ । शनिबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल छाउनीमा भर्ना हुनुभएका उपराष्ट्रपति पुनलाई चिकित्सकले निवासमा नै आराम गर्न सुझाव दिएका छन् । 
 
उपराष्ट्रपति पुनका छोरा दीपेशका अनुसार चिकित्सकले नै निरन्तर परीक्षण गर्नेगरी उपराष्ट्रपति पुनलाई निवास ल्याइएको हो । सिन्धुलीमा आयोजित तेम्बा सांस्कृतिक कार्यक्रममा सरिक हुन जानुभएका उपराष्ट्रपति पुन अचानक अस्वस्थ हुनुभएपछि सेनाको हेलिकप्टरबाट शनिबार साँझ काठमाडौँ ल्याई छाउनी अस्पतालमा भर्ना गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ