arrow

आयरल्याण्डमा ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेष अन्तरकृया 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
ireland-nrna.jpg

कोर्क आयरल्याण्ड । नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा  ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 गैरआवासीय नेपाली संघ आयरल्याण्ड, नेपाली  जनसम्पर्क समिती आयरल्याण्ड, कोर्क नेपाली समाज कोर्कको संयुक्त आयोजनामा आयरल्याण्डमा रहेका नेपाल आयरल्याण्ड समाज लगायतका अन्य संघ संस्था को सहयोगमा भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन तथा सभापतित्व  गैरआवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक तथा पूर्व अधक्ष्य एवं नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अधक्ष्य शुक्रराज न्यौपानेले गरेका थिए ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजीत उक्त कार्यक्रमको बारेमा प्रस्ट पार्दै कार्यक्रम सम्योजक शुक्रराज न्यौपानेले भने ‘हामीले जन चाहना बमोजिम जहांनिया राणा सासनको अन्त्य गर्यौं, प्रजातन्त्र ल्यायौं फेरि सकृय पंचायती राजतन्त्र को उदय भयो आन्दोल गर्यौं राजा सहितको  प्रजातन्त्र आयो फेरि पनि राजा एकलौटी चल्ने कोशिस गरे अनि गणतन्त्रसम्म आइपुग्यौं त्यो सब सम्वृद्ध नेपालको जन चाहनाले सम्भव भएको हो ।’

उनले अगाडि बढे, ‘आजसम्म हाम्रा नेता गणहरूले यो या त्यो परिस्थिती र व्यवस्थाले सम्बृद्ध नेपालको निर्माण सम्भव हुन नसकेको यथार्थ प्रस्तुत गर्दै गर्दा अब यो भन्दा अगाडि बिश्वमा कुनै व्यवस्था छैन जसले देशको विकाश र सम्बृद्धिलाई डोर्याउन सकोस् । अब बाँकी छ भने नेतृत्वमा ईछ्या शक्ति र क्षमताको अभिवृद्धि मात्रै ।

न्यौपानेले ‘देशको सम्वृद्धिमा  गैरआवासीय हामी नेपाली हरुको भूमिका ठूलो यस कारणले पनि किन छ भने हामी बिश्वका विभिन्न विकशीत मुलुकहरू बसोवास गर्छौ अनि यिनीहरू प्रगति र  विकासको हामी प्रतक्ष्य साछी या भनौ सहयोगी पनि । हामीले विदेशमा आर्जन गरेको शिप, ज्ञान, अनुभव र पूँजी नेपालको बिकास एवं सम्वृद्ध नेपाल निर्माणको अभियानमा लगाउन चाहन्छौं त्यसका लागि सरकारले वातावरण निर्माण गरोस हामी प्रबासी नेपाली सम्बृद्ध नेपाल देख्न चाहन्छौं’ भने ।

कार्यक्रममा प्रमुख अथिति गैर आवासीय नेपाली संघ आयरल्याण्डका अधक्ष्य नबराज कोइरालाले हजारौं शहिदको वलिदानले प्राप्त संघीय गणतन्त्र नेपाल अब सम्बृद्धिको तर्फ अगाडी बड्नुको विकल्प नभएको बताए । 

देशमा रहेको व्याप्त भष्ट्राचार र कर्मचारीतंत्रमा रहेको ढिला सुस्तीको अन्त्य  एवं लगानी मैत्री बातवरण  बनाउन सकेको खण्डमा गैरआवासीय नेपाली हरूले अहिलेको भन्दा दुईगुणा बढ़ी नेपालमा नै गर्ने हुँदा ती कुराहरुमा सरकारको ध्यानआकर्षण गराए ।

त्यसैगरी गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्व अध्यक्ष एवं अन्तरर्राष्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले देशलाई द्रुत गतिमा सम्बृद्ध बनाउनको लागी देशको शिक्षानिती तथा सरकारी निकायको कार्यसम्पादन शैलीमा परिवर्तनको खाँचो औल्याए । 

कार्यक्रममा सम्बोधन गर्दै सम्रक्षक एव पूर्व अध्यक्ष गणेश प्रसाईले ‘हामी सबैले आफ्नो देशमा लगानी गर्नु हाम्रो कर्तब्य हो भन्दै लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई उत्साह जगाउन सरकारले विशेष ध्यान पुर्याउन अवश्यक रहेको छ’ भने । 

त्यसैगरी अन्य वक्ताहरु कोर्क नेपाली समाजका अधक्ष्य टेक नरायण पौडेल , कोर्क नेपाली समाजका पूर्ब अध्यक्ष तथा गैरआवासीय नेपाली संघ आयरल्याण्डका  पूर्ब उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष जंग अधिकारी, महिला समायोजक अन्जु काफ्ले, युवा प्रतिनिधि कृष्ण जी सी, अंकित ओली  लगायतले हामी बिश्वको जुन कुनामा रहेपनि आफ्नो देशको सम्बृद्धि एवं विकासको लागि आफ्नो तर्फबाट सदैव लागी पर्ने प्रण गर्दै अग्रजहरुले देशका लागी बनाउने योजनामा सधै साथ रहने विश्वास दिलाए ।

कार्यक्रममा कोर्क नेपाली समाजका अध्यक्ष टेकनारायण पौडेलले सबै अतिथि एवं उपस्थितहरुलाई स्वागत गरे । कार्यक्रम गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक त्रिपाठीले संचालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ