arrow

काठमाडौंका काँग्रेस नेताहरुलाई सकसः देउवाको बन्नेकी सिंहको !

प्रधान, वानियाँ र वैधबीच त्रिपक्षीय भिडन्त हुने

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
kathmandu-congress-leader.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस काठमाडौंको अधिवेशनको एक दिन अघी ३ वटा समुहको तर्फबाट उमेद्वारी घोषणा भएको छ। आइतवार विहान काठमाडौंका नवनिर्वाचित केहि क्षेत्रीय सभापतिहरुलाई राखेर महाधिवेशन प्रतिनिधी सबुज वानियाँले एक पार्टी प्यालेसमा काठमाडौं जिल्लाका क्षेत्रीय सभापतिको उमेद्वारी घोषणा गरे। उनको समुहमा सचिव पदमा राजकुमार कार्की र कोषाध्यक्षमा गेाविन्द पुडासैनीका उम्मेद्वारी घोषणा भयो। संस्थापन पक्षका यो समुहलाई महामन्त्री प्रकाशमान सिंहले समर्थन जनाएका छन्। 
 
वानियाँको घोषणा लगत्तै पत्रकारहरुका बीचमा वहालवाला सभापति भीमसेनदास प्रधानले पनि उम्मेद्वारी घोषणा गरे। संस्थापन पक्षबाटै वर्तमान सभापति रहेका प्रधानले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि काठमाडौं काँग्रेसका कार्यकर्ताको आग्रहमा पुनः जिल्ला सभापतिमै उम्मेदवारी घोषणा गरेको बताए। नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष समेत रहेका सभापतिका उमेद्वार प्रधानलाई काँग्रेस नेता नरहरी आचार्य र गगन थापाले समर्थन जनाएका छन्। 
 
प्रधानले उमेद्वारी घोषणा गरेको केहि घण्टापछि बरिष्ठ नेता देउवा पक्षबाट महाधिवेशन प्रतिनिधी नरोत्तम वैधले उमेद्वारी घोषणा गरे। वानेश्वरको एक होटलमा आयोजिक कार्यक्रममा वैधको उमेद्वारी घोषणा भयो। उनको उम्मेद्वारी घोषणा कार्यक्रममा देउवापक्षीय नेताहरु सांसद ध्यानगोविन्द रञ्जित क्षेत्र नम्वर २का सभापति उपेन्द्र कार्की थिए। क्षेत्र नम्वर ४का सभापति राजु श्रेष्ठ पनि वैधलाई शुभकामना दिन वानेश्वर पुगेका थिए। श्रेष्ठ विहान वानियाँलाई वधाई र शुभकामना दिन उनको उमेद्वारी घोषणा कार्यक्रममा समेत पुगेका थिए। 
 
वानेश्वरमा वैधको उमेद्वारी घोषणा गर्ने सोहि कार्यक्रममा उपेन्द्र कार्कीले काठमाडौंमा ५ क्षेत्रीय सभापति देउवा पक्षीय भएको दावी गरे। १० क्षेत्रीय सभापति मध्ये आधा क्षेत्रीय सभापति र जीतको लागि पुग्ने मतदाता भएका कारण आफूहरुले बरिष्ठ नेता देउवासँगको सल्लाह पछि वैधलाई उमेद्वारी बनाएको घोषणा गरे। क्षेत्र नम्वर २का सभापति उपेन्द्र कार्कीले त्यसो भनिरहँदा उमेद्वारी घोषणामा भने क्षेत्र नम्वर ४का राजु श्रेष्ठ मात्र उपस्थित थिए। क्षेत्र नम्वर ३ का सन्तोष चालिसे एकछिन बसेर निस्के। 
 
आधा क्षेत्रीय सभापति र जीतको लागि पुग्ने मतदाता भएका कारण आफूहरुले बरिष्ठ नेता देउवासँगको सल्लाह पछि वैधलाई उमेद्वारी बनाएको घोषणा गरे।
 
काठमाडौंमा काँग्रेसका राजनीतिहरु बुझेकाहरु भन्छन यहाँ संस्थापन र देउवा पक्ष भनेर बुझ्न एकदमै गाह्रो छ। सायद केन्द्रीय राजनीतिमा शेर बहादुर देउवा र प्रकाशमानसिंहको बीचमा सोजो प्रतिष्पर्धा नभएका कारण पनि तलका कार्यकर्ताहरुले दुबैलाई रोज्न पाएका छन्। नत्र यस्तो राजनीतिक समिकरण अन्य जिल्लामा कमै पाइन्छ। यसपटक पनि दुई नेता एकै पदमा उठ्ने अवस्था छैन। यसैका कारण पनि काठमाडौंको स्थानिय राजनीतिमा देउवा र सिंहको कार्यगत एकता छ। त्यसैले देउवा निकटहरुले आफू निकटहरु ५ क्षेत्रीय सभापति रहेको दावी गर्दा संस्थापनबाट महामन्त्री बनेका सिंहले ८ जना संस्थापन पक्षको रहेको दावी गर्छन। तर देउवा पक्षीय नेता र संस्थापन पक्षका नेताको दावी भने एक आपसमा विरोधाभाषपूर्ण छ।  
 
हुनपनि क्षेत्र नम्वर ४का राजु श्रेष्ठ देउवा र सिंहसँग नजिक हुन। क्षेत्र नम्वर ५ का रमेश खड्का भने देउवा सिंह र अर्का नेता नरहरी आचार्यसँग नजिक छन्। क्षेत्र नम्वर ९का जयकृष्ण महर्जन पनि देउवा समुह र सिंहसँग नजिक छन्। क्षेत्र नम्वर १ का प्रकाशविक्रम राणा क्षेत्र नम्वर ३ सन्ताेस चालिसे पनि दुवैतिर नजिक छन्।  
 
काठमाडौंको अधिवेशन अघी स्थानिय नेताहरुको दौडधुप तथा समिकरणले कस्ले कस्को उमेद्वारलाई कुन रुपमा सहयोग गर्छ बुझ्न कठीन छ। तर समिकरण यस्तै रहे काठमाडौंको नेतृत्व छान्न दोस्रो चरण पुग्न सक्नेछ। 
 
काँग्रेस काठमाडौंको जिल्ला अधिवेशन सोमबार विहान नौ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ। अधिवेशनको पार्टी सभापति सुशील कोइरालाले गर्ने कार्यक्रम छ। जिल्ला कार्यसमितिको अन्य सदस्यहरुको निर्वाचन यसअघिनै सम्पन्न भइसकेको छ भने कार्यसमितिका अन्य पदाधिकारीहरु मनोनयन गरिने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ