arrow

बजेट भाषण : सुरुमा श्रम र रोजगारका कुरा, विदेश जानु नपर्ने ?

तत्काल रोजगार प्रत्याभूति विधेयक ल्याउने

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
yubraj.JPG

काठमाडौं । सरकारले श्रम र रोजगारलाई प्राथमिकता दिएको छ । आउने आर्थिक वर्ष २०७५–०७६ को आय व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अब वैदेशिक रोजगारमा जानु नपर्ने अवस्था सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरिने बताए ।

सुरुवातमा उनले श्रम–रोजगारका कुरा राखे । उनले यसका लागि चाहिनेजति रकम विनियोजित गरेको सुनाए । अर्को व्यवस्था नभएसम्मका लागि अल्पकालीन विकल्पको रुपमा वैदेशिक रोजगारलाई लिने बताउँदै अर्थमन्त्री खतिवडाले न्यूनतम सिप विकास गरेर मात्रै वैदेशिक रोजगारमा जाने पाईने जानकारी दिए । 

समान काम, समान ज्यालाको अवधारणामा जाने भन्दै उनले तत्काल रोजगार प्रत्याभूति विधेयक ल्याउने सुनाए । उनले नेपालको बेरोजगारी समस्या समाधान गर्न उद्यमशीलतामा जोड दिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ