arrow

शान्तीटोल जिल्लाकै पहिलो छाउपडी गोठ मुक्त टोल घोषणा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ १५ मंगलबार
cheugoth.jpg

लम्की, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ शान्तीटोलले आफ्नो टोललाई जिल्लाकै पहिलो छाउ गोठ मुक्त टोल घोषणाा गरेको छ ।  वडा नम्बर ३ शान्ती टोलले आज एक भव्य कार्यक्रमका वीच छाउ गोठ मुक्त टोल घोषणा गरेको हो ।   

टोलमा भएका ४८ घरधुरी मध्ये ३६ घरमा बनाईएका गोठहरु भत्तकाएर महिनावारी भएका महिला सबै आफ्नै घरमा बस्न थालेपछि टोललालई जिल्लाकै पहिलो छाउगोठ मुक्त टोल घोषणा गरिएको हरियो वन नेपाल कार्यक्रमका सामाजिक पचिालक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

लामो समयको प्रयासपछि हरियो वन नेपालको सामुदायिक केन्द्रको पहल तथा चेतना सामुदायिक सिकाइ तथा कार्यकेन्द्र शान्ती टोलको आयोजनामा टोललाई छाउ गोठ मुक्त घोषणा गरिएको हो ।  व्यवस्थित नगरको कोपिला सामुदायिक वनको प्राङ्गगणमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा लम्कीचुहा नगरपालिकाका उप–प्रमुख टिका थापा रहेका थिए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने, वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट, वडा नम्बर ३ का वडा सदस्य भीमा चौधरी, पत्रकार गणेश चौधरी, लम्कीचुहा नगरपालिका स्वास्थ्य संयोजक जयन्ती विसि, सेवक नेपालका प्रतिनिधि भागीरथी रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

कर्यक्रममा विभिन्न जनचेतनामुलक सडक नाटक तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो भने छाउगोठ मुक्त अभियान सफल पार्न सहयोग गर्ने धामी झँक्रीलाई देसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ