arrow

गैँडाले अर्जुनलाई मार्यो 

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
rhino.jpeg

रत्ननगर । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । 

सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ । 

राति गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि राति १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो । 

उनको उपचारकै क्रममा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ