arrow

तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति पाउने ?

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १६ बुधबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभा भवनमा बुधबार बसेको बैठकले स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मको सेवासुविधासम्बन्धी विधेयक पारित गरेको हो ।

पारित विधेयक अनुसार जिल्ला समन्वय समितिका प्रमुखले मासिक तलब–भत्ता ४१ हजार, उपप्रमुखले ३६ हजार र सदस्यले १६ हजार पाउनेछन् । त्यस्तै, उपमहानगरपालिका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले १५ हजार र वडा सदस्यले ९ हजार रुपैयाँ तलब पाउनेछन् ।

त्यस्तै, नगरपालिका प्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले १३ हजार, सदस्यले ८ हजार र गाउँपालिकाका अध्यक्षले मासिक ३० हजार, उपाध्यक्षले २७ हजार, वडाध्यक्षले २० हजार, कार्यपालिका सदस्यले १२ हजार र सदस्यले ७ हजार रुपैयाँ पाउनेछन् । मासिक तलब–भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि बैठकले पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ