arrow

पाल्पाली समाज युएईद्वारा ५१ बिद्यालयमा अक्षयकोष स्थापना

‘‘एक गाबिस एक बिद्यालय अक्षयकोष’’ कार्यक्रम लक्ष्य नजिक

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १६ बुधबार
palpa_(2).jpg

पाल्पा ।  पाल्पाली समाज युएईले ‘‘एक गाबिस एक बिद्यालयमा अक्षयकोष’’ स्थापना कार्यक्रम अन्तर्गत बुधबार जिल्लाका ३ बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

जिल्लाका साबिक ६० वटै गाबिसका एक-एक बिद्यालयमा २५ हजार रुपँया बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरि ३ बर्षअघिदेखि यो अभियान चलाएको छ । पाल्पाबाट रोजगारका लागि युएई गएका पाल्पाली युवाहरुले ४ बर्षअघि पाल्पाली समाज युएई गठन गरेका थिए । जिल्लामा रचनात्मक काम गर्न र सहयोगका लागि स्थापना गरेको समाजले २ नगर र ६० वटा गाबिस रहेको पाल्पाका गाबिस मध्ये हरेक गाबिसबाट एक एक बिद्यालय छनौट गरि अक्षयकोष स्थापनाको कार्य गरेको हो । समाजले बुधबार माथागढी गाउँपालिकाका ३ बिद्यालयमा अक्षयकोष स्थापना गरेको पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले बताए । बिद्यालयका जेहन्दार, गरिव, बिपन्न परिवारका बिद्यार्थीलाई पढाईमा केही सहज बनाउन अक्षयकोष स्थापना गरेका हौ अर्यालले भने। एक बिद्यालयमा सानो रकम भएपनि ठुलो मनले जिल्लाका ६० बिद्यालयमा १५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले लागिपरेको उनले बताए ।

माथागढी गाउँपालिकाको महेन्द्र नरेश प्राथमिक बिद्यालय रहबास, धारादेवी माबि बहादुरपुर र सातपोखरी माबि गोठादीका गरि ३ बिद्यालयमा अक्षयकोष स्थापना गरेको हो । अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले समाजले गाउँघरमा गरेको सामाजिक काम र सहकार्यको प्रंशंसा गर्नुभयो । उहाँले शिक्षा सहित पाल्पाली समाजले युइएमा निधन हुन पुगेका र दुःखमा परेका पाल्पालीको उद्धारमा समेत समाजले राम्रो काम गरेको बताए ।

युएईबाट बिदामा आएका पाल्पाली समाज युएई क्षेत्रिय समिति दुवईका अध्यक्ष पाल्पाली कान्छा, समाजका केन्द्रिय सदस्य कुल के.सीले बोल्दै समाजका सदस्यले बिदेशमा गरेको दुखबाट पनि खुसी खोज्न र नेपालीलाई केही सुख दिने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताए । उनिहरुले आफ्ना परिवारको भबिश्यका लागि कमाउन गएका पाल्पाली युवाहरुले सामाजिक काममा लाग्ने प्रेरणा र जिल्लामा गर्न पाएको सहयोगले हौसला थपेको बताएका थिए । माथागढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीराम बस्यालले कमजोर विपन्न परिवारका बिद्यार्थीलाई गरेको सहयोगले शिक्षामा राम्रो सन्देश गएको बताए ।

महेन्द्र नरेश प्राथमिक बिद्यालयका अध्यक्ष तुला बराल, धारदेवी माबि बहादुरपुरका अध्यक्ष शुक बहादुर ढेँगा, सातपोखरी माबि गोठादीका वडाअध्यक्ष रन बहादुर खाम्चाको अध्यक्षतामा बिद्यालयहरुमा छुट्टाछुट्टै कार्यक्रम भएको थियो । बिद्यालयका बिद्यार्थी अभिभाबक सहित बाक्लो उपस्थिति रहेको कार्यक्रममा खुसीले बिद्यालय छनौट गरि अक्षयको स्थापना गरिदिएको पाल्पाली समाज युएईलाई धन्यवाद दिदै महेन्द्र नरेश प्राबिका प्रअ शिबजंग रायमाझी, धारदेवी माबिका प्रअ चन्द्र नारायण चौधरी र सातपोखरी माबि का प्रअ शेर बहादुर थापाले संस्थाले स्थापना गरेको अक्षयकोषबाट प्रत्येक बर्ष बिपन्न परिवारका बिद्यार्थी छनौट गरि पुरस्कार दिदै जाने र अक्षयकोष बृछि गर्न आफुहरुले पनि प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

३ बर्ष अघि जिल्लाको पुर्वखोला १ सिलुवाको अकला आधारमूत बिद्यालयमा अक्षयकोष स्थापना गरि शुरु भएको अभियान अन्तर्गत अहिले सम्म जिल्लाका ५१ बिद्यालयमा अक्षयकोष स्थापना गरेको पाल्पाली समाजका बरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँणले बताए । अब लक्ष्य प्राप्त गर्न लागेका छौ खाँणले भने–अब ९ बिद्यालयमा मात्र कोष स्थापना गर्न बाँकी छौ, त्यसमध्ये पनि केही बिद्यालयमा तयारी भैरहेको छ । समाजले बिद्यालयमा अक्षयकोष स्थापना सँगै नेपालमा भुकम्प गएका बेला ६ लाख १ हजार १ सय ११ रुपँया दैवी प्रकोप समितिमा, मृत्यु हुने परिवारलाई सहयोग ८ लाख, बिरामी नेपालीका लागि २ लाख बढी रकम सहयोग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ