arrow

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख : मुख्यमन्त्री राई

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
Ser-dhan-rai1.jpg.jpeg

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उनले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भने।

उनले प्रदेश सरकारले विकास र समृद्धि कायमका लागि बजेट निर्माणका लागि आफ्नो लक्ष्य लिएको बताउँदै पहिलो कृषि, दोस्रो पर्यटन, तेस्रो जलस्रोत र उद्योगधन्धामा ध्यान केन्द्रित गर्दै जनतालाई समृद्धि बनाउने अभियानमा लागेको धारणा व्यक्त गरे।

मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताका चाहना र सपना, घोषणापत्र, अल्पमध्य र दीर्घकालीन योजना तर्जुमा गर्न विज्ञको सुझावअनुसार बजेट निर्माण गर्ने बताए। उनले प्रदेश सरकार स्वदेशी र विदेशी लगानीलाई भित्र्याइ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर वृद्धि गर्न कटिबद्ध रहेको छ भने।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश समृद्धि कायम गर्ने पर्यटन, कृषि, उद्योगको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आर्थिक समृद्धिको अघि बढ्न प्रदेश सचिवालयको सहयोग सदैव रहनेछ भने।

उनले बजेट, कानून निर्माण कार्यमा स्थानीय निकाय र प्रदेशसभा सदस्यबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने बताए। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोष्ठीबाट प्राप्त सुझावले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए।

जिल्ला समन्वय समितिका प्रदेश अध्यक्ष बवि चाम्लिङ, नेपाल नगरपालिका संघ प्रादेशिक समितिका महेश बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्रबहादुर राउतले प्रदेशको आर्थिक समृद्धि कायम गर्न आवश्यकपर्ने सुझाव प्रस्तुत गरेका थिए।

एकदिने उक्त गोष्ठीमा ‘प्रदेश नं १ को बृहत् वस्तुस्थिति र योजना’ डा पीताम्बर शर्मा, ‘प्रदेश नं १ को तुलनात्मक लाभका क्षेत्र तथा अवसर’ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहरा, ‘प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र’ संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्रालय सचिव दिनेश थपलिया, ‘प्रदेशको वित्तीय स्रोत परिचालनको स्थिति तथा सम्भावना’ डा खिमलाल देवकोटा र महिलामैत्री बजेट निर्माण सरु जोशीले विषयको कार्यपत्र प्रस्तुत गरेका थिए।

एकदिने कार्यशालामा प्रदेश नं १ का मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, उद्योगी र व्यापारीको सहभागिता थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ