arrow

स्ववियुद्धारा रक्तदान कार्यक्रम ४४ जनाले गरे रक्तदान

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
nsu_(2).jpg

पाल्पा । स्वतन्त्र विद्यार्थी युनियन शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाले गणतन्त्रको अबसर पारेर गरेको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान, महादान, जीवनदान’ भन्ने नारा सहित स्ववियुले लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासको प्राविधिक सहयोगमा रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाँड बजार चोकमा रक्तदान कार्यक्रम गरेको थियो ।

 सो अबसरमा ३९ जना पुरुष र ५ जना महिला गरी ४४ जनाले रक्तदान गरेको स्ववियु सभापति जीवन तिवारीले बताए । रक्तदान गरेका स्ववियु सभापति जिवन तिवारी र सचिव मदन आचार्यलाई जुस खुवाएर उद्घाटन गर्दै नेपाल सरकारका पुर्व स्वास्थ्य तथा शिक्षा सचिब शान्ता बहादुर श्रेष्ठले देशैभर रगतको अभाव भईरहेका बेला विद्यार्थीहरुले रक्तदान कार्यक्रम राख्नु उत्कृष्ट भएको बताए ।

गण्डकी बेशी कै ठुलो ५० शैयाको रामपुर हस्पिटल रामपुरमा भएपनि ब्लड बैंक नहुनु दुःखद पक्ष हो उनले भने । रामपुर हस्पिटलको भवन निर्माण सम्पन्न नहुनु र सेवा प्रभाबकारी दिन नसक्नुले पनि स्थानियले अझै सरकारी अस्पताल प्रति अवनत्व बोध नगरेको उनको भनाई थियो । रामपुर अस्पतालको लागि मध्यनजर गर्दै रक्त बैंक स्थापना गर्नु आवश्यक रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा शहीद बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष एवं नेपाल रेडक्रस सोशायटी जिल्ला शाखा पाल्पाका सदस्य देवराज ढकालले रगतको अभावमा रहेका विरामीहरुको लागि स्वतन्त्र विद्यार्थी युनियनले चालेको कदमको प्रसंशा गरे । सङ्कलित रगत लुम्बिनी मेडिकल कलेज प्रभासमा राखिनेछ । गतबर्ष पनि रामपुरमा बिद्यार्थीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ