arrow

क्याट्रिनालाई एक ट्रक गुलाब फूल उपहार

अन्तर्राष्ट्रिय गुलाब दिवसमा आदित्यले क्याट्रिनालाई आफुतिर आकर्षित गर्नका लागि उक्त उपहार दिइएको अनुमान गरिएको छ ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Aditya.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता आदित्य रोय कपुरले अन्तर्राष्ट्रिय रोज डेको अवसर पारेर फिल्म ‘फितूर’की अभिनेत्री क्याट्रिनालाई गुलाबको फूलले भरिएको एक ट्रक उपहार दिएका छन् । फितूरमा आदित्य नायकको भूमिकामा छन् । 

भ्यालेन्टाइन डेको एक हप्ता अघिको अन्तर्राष्ट्रिय गुलाब दिवसमा आदित्यले क्याट्रिनालाई आफुतिर आकर्षित गर्नका लागि उक्त उपहार दिइएको अनुमान गरिएको छ ।

समाचार अनुसार आदित्यलाई केही दिन अघि क्याट्रिनालाई उपहार दिने सोच आएपछि जयपुरको जयमहलमा फूलको व्यवस्था गरेका थिए । जहाँ दुवैजना फिल्मको प्रचारका लागि पुगेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ