arrow

मतदाता शिक्षाको लागि विद्यालयस्तरमा नमुना निर्वाचन कार्यक्रम

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
padmodhaya.jpg

काठमाडौं । मतदाता शिक्षाका लागि काठमाडौंको पद्मोदय मा.विले नमुना निर्वाचन सम्पन्न गरेको छ । विहीबार विद्यालयमा ठुलो तयारीका साथमा यो निर्वाचन सम्पन्न गरिएको हो । विद्यालय तह देखि नै विद्यार्थीहरुमा निर्वाचन प्रणाली सम्बन्धि व्यवहारिक शिक्षा दिलाउने उद्देश्यका साथ यो नमुना निर्वाचन आयोजना गरिएको विद्यालयकी शिक्षिका तथा नमुना निर्वाचनको प्रमुख आयुक्त अञ्जु पन्तले जानकारी दिइन् ।

उक्त नमुना निर्वाचन कार्यक्रम बाल क्लब, इको क्लब, जुनियर रेडक्रस एवम् विद्यालय क्याप्टेनको लागि निर्वाचन गरिएको थियो । विभिन्न ३ वटा क्लबहरु र विद्यालय क्याप्टेनसहित जम्मा ३५ वटा पदहरुमा लगभग १०० जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए । विहीबार बिहान ११ बजे सन्चालन भएको मतदान कार्यक्रम दिउँसो १ बजे सकिएको थियो ।
निर्वाचनमा ८० प्रतिशत मत खसेकोमा एक प्रतिशत मत मात्र बदर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ