arrow

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
eye-glass-man.jpg

काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था आउनसक्ने देखाएको छ ।  चस्मा लगाउने मानिसहरुलाई समझदार र बाठो मानिसको रुपमा समाजमा चित्रण गरिने गरिएको अवस्थामा यस विषयमा लामो समयदेखि चर्चा चल्दै आएको थियो ।

 पछिल्लो एक अध्ययनको विवरणले भने कमजोर आँखा र तेज दिमागको बीचमा सम्बन्ध रहेको देखाएको हो । युनिभर्सिटी अफ एडिनबर्गका शोधकर्ताहरुले गरेको लामो समयको अध्ययनपछि मानिसको वंशाणुगत गुणले उनीहरुको ज्ञानलाई प्रभावित पार्छ भन्ने कुरा पाइएको हो ।
 
अनुसन्धानमा १६ देखि २० वर्ष उमेरका तीन लाख चार सय ८६ मानिसहरुको विवरण लिइएको थियो । अध्ययनपछि मानिसमा आँखा, रक्तचाप र दिमागको बीचमा सम्बन्ध रहेको पाइएको हो । अध्ययनको क्रममा चस्मा लगाउने मानिसहरु ३० प्रतिशतसम्म तेज दिमाग हुने गरेको पाइएको थियो । यस किसिमका मानिसहरुमा यस्तो वंशाणुगत गुण (जीन) पाइएको थियो, जसको कारण उनीहरुलाई चस्मा लगाउने आवश्यकता परेको थियो ।

सो अध्ययनको विवरण ‘नेचर कम्युनिकेसन’मा प्रकाशित भएको थियो । साथै तेज दिमाग हुनुको प्रभावले लामो आयु हुने, फोक्सोको क्यान्सर हुने खतरा कम र मानसिक हिसाबमा स्वस्थ रहने पनि अध्ययनको विवरणमा उल्लेख छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ