arrow

निर्वाचन स्थगित गरेकामा आपत्ति

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Dhanusa-hamrakura.jpg.jpeg
जनकपुरधाम । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ५ का क्षेत्रीय समितिले जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी शिक्षक सङ्घले सहमति विपरीत आफू खुसी नामावली पठाएको आरोप लगाएका छन् । 

नेपाली काँग्रेस धनुषा र शिक्षक सङ्घबीच भएको सहमति विपरीत सङ्घले धाँधली गरी नामावली पठाएको आरोप लगाउँदै क्षेत्रीय सभापति योगेन्द्र पजियारले सङ्घको विवादका कारण अधिवेशन स्थगित भएको आरोप लगाए । 

सहमति भइसके पनि केन्द्रबाट खटिआएका निर्वाचन अधिकृत पर्शुराम कोइरालाले निर्वाचन नगराई केन्द्रमा फर्किनु आपत्ति रहेको आरोप लगाउँदै क्षेत्रीय सभापति पजियारले केन्द्रीय निर्वाचन समितिले क्षेत्र नम्बर ५ मा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्ने माग गरेका छन् । 

जनकपुरमा आयोजित पत्रकारसम्मेलनमा क्षेत्र नम्बर ५ का सांसद महेन्द्र यादवले विधान विपरीत काम गरेको सङ्घले आरोप लगाएको छ ।  सो पत्रकारसम्मेलनमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत गाउँ अधिवेशन, क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रबाट खटिआएका निर्वाचन अधिकृत कोइरालाको उपस्थितिमा नेपाली काँग्रेस धनुषा र शिक्षक सङ्घबीच भएको सहमति विपरीत सङ्घले एकलौटी रुपमा नामावली पठाएको कारणले सो विवाद सतहमा आए पछि सो क्षेत्रमा निर्वाचन स्थगित गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ