arrow

राजेन्द्र महतो फसे, मोर्चाको निर्णय अघि नाका खोल्ने उद्घोषबारे आत्मालोचना

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Madhesi-morcha.jpg.jpeg
काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतोले पद्धति मिचेकामा आत्मालोचना गर्ने भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संस्थागत निर्णय अघिनै महतोले नाका खोल्ने उद्घोष गरेको भन्दै मार्चाका अन्य घटकहरुले आत्मालोचना गर्न भनेपछी मोर्चाको सतही कुरा बाहिर आएको हो । 
 
बिहान तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाका चारै शीर्ष नेता (अध्यक्षहरु)को अनौपचारिक छलफलमा यस विषयमा छलफल भएको हो । छलफलमा अन्य अध्यक्षहरुले संस्थागत निर्णयअघि गरेको व्यक्तिगत निर्णयबारे आत्मालोचना गर्न भनेपछी राजेन्द्र महतोले भविष्यमा गल्ति नगर्ने र मिलेर जाने बताए । तमलोपा प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले सार्वजनिक रुपमै माफी माग्ने कुरा नभएको र आत्मालोचना सम्म गर्ने छलफल चलेको जानकारी दिए । 
 
उनले भने, ‘नाका अवरोध हटाउनेबारे संयुक्त कार्यदलको बैठक बसेर सार्वजनिक निर्णय गर्ने तयारी थियो, तर उहाँले अगाडी नै सूचना चुहाउनु भयो ।’ महेश आचार्य लगायतका कार्यदल सदस्यहरु बाहिर भएकाले तत्काल बैठक बस्न सकेन । आगामी कार्यदिशाको लागि छलफल गर्न भन्दै सद्भावना अध्यक्ष महतो, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव ठाकुर निवास पुगेका हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ