arrow

खेलकुद मानव स्वास्थ्यको माध्यम : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
shrestha.jpg

स्याङ्जा  ।  नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले खेलकुद मानव जिवनको स्वास्थ्य लागि माध्यम भएको बताएका छन् । स्याङ्जाको भीरकोट नगरपालिकाले आयोजना गरेको प्रथम वडा स्तरीय भलिवल प्रतियोगिताको समापन गर्दै नेता श्रेष्ठले खेलकुदले स्वास्थ्यलाई फाईदा पुराउने बताएका हुन । हरेक स्थानीय तहमा खेलमैदान निर्माण गरि खेल क्षेत्रको संरक्षणमा लाग्न नेता श्रेष्ठले आग्रह गरे ।

सरकारले खेल क्षेत्रमा चासो नदिएको आरोप लगाउदै पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले खेल क्षेत्रले मुलुकलाई विश्वभर चिनाउन मदत गर्ने धारणा व्यक्त गरे । सरकार तानसाही रुपले चलेको आरोप लगाउदै फेरि आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना हुन थालेको प्रति संकेत गर्दै नेता श्रेष्ठले जनताको मन जित्ने रुपले काम गर्न सरकारलाई आग्रह गरे । काग्रेस हारेको होईन श्रेष्ठले भने, हामी गुटउपटबाट टाढा रहेर अगाडि बढ्न कार्यकर्तालाई सुझाए ।

कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनाल, उपप्रमुख सिमा केसी कर्मचार्य, नन्दु खनाल लगायतका बक्ताले प्रथम पटक आयोजना गरिएको मेयरकप सफलता पुर्वक सम्पन्न भएको बताए ।  प्रथम मेयर कपको उपाधी भीरकोट वडा नं. ३ ले हात पारेको छ । दृतिय वडा नं. २, तृतीय वडा नं. ९ र सान्त्वना वडा नं. ५ भएका छन् । विजयी टिमले नगद, शिल, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । भीरकोट खेलकुद विकास समितिका संयोजक भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुदलाई राजकुमार गुरुङले सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ