arrow

सर्वनाममा मान्छे पोल्ने भट्टी

नाटकमा अधिकांश नया कलाकार भएपनी नाटकको साख जोगाउने काम गरेका छन् ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
12674656_1101776489846815_1193193850_n.jpg.jpeg
काठमाडाै‌ । भट्टी भन्ने बित्तिकै हाम्रो मानसपटलमा अर्कै चित्रले प्रतिविम्भीत गर्दछ । भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक मान्छे पोल्ने भट्टीले भने अर्कै अर्थ प्रष्ट्याउछ । झट्ट सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक ‘मान्छे पोल्ने भट्टी’ विना भट्टी शाब्दीक अर्थ प्रस्ट्याउने नाटक हो । समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाज रुपी भट्टीमा पोलीरहन्छन् भन्ने नाटकको मुल आशय रहेको छ । 

पुरुष विना महिलाको जिवन अधुरो मान्ने हाम्रो समाज र छोरा विना बैतर्नी तरिदैन भन्ने सोचलाई चोटिलो प्रयोग गरेको छ नाटकले । गाउँमा सबैलाई न्याय दिने तर आफै छोरी उमेरी श्रीमति तरुनी श्रीमति भित्राएर अन्याय गर्ने बावु । आफ्नै कान्छी आमालाई आमा नठानी प्रेममा पर्ने छोरा । लोग्ने मान्छे भन्दा स्वास्नीमान्छे गलत देख्ने समाज । आफ्नो अनेकन इच्छा आंकक्षालाई कुण्ठित गरेर सौता संगै बुढो लोग्ने स्वीकारर्ने किसोर श्रीमती ।  र पुरुष विना आफ्नै जिवन अधुरो मान्ने महिला पात्र वरिपरि नाटक मान्छे पोल्ने भट्टी धुमीरहन्छ ।

नाटकमा अधिकांश नया कलाकार भएपनी नाटकको साख जोगाउने काम गरेका छन् । पछील्लो समय युवा पुस्ताको रंगमञ्च प्रतिको झुकाव र लेखन तथा निर्देशनमा गर्न खोजेका नौलो प्रयासको भान गराउछ यो नाटकले । नाटकमा सुशिल गैरे गरेको साधरण अभिनयले सवैको छुन्छ । प्रणव आकाशको लेखन तथा निर्देशन रहेको यो नाटकमा भिष्म प्रणव आकाश, भिमा मैनाली, अर्पण रुपेन्द्र शिवाकोटी लगायतको अभिनय रहेकोछ । नाटक बिहिबार बाहेक हरेक दिन बेलुका साढे चार बजे सर्वनाम थिएटरमा मञ्चन भैरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ