arrow

पाल्पा - बुटवल मोटर बाटो दिनभर बन्द हुने,वैकल्पिक मार्ग अपनाउन सुझाव

logo
सीता डोटेल।
प्रकाशित २०७५ जेठ १९ शनिबार
siddhababa.jpg

पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा बुटवल सडक बन्द गरिएको छ। सिद्धबाबामा पटक पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० बजे देखि दिउँसो ४ बजे सम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पा सुचना अधिकारी पवित्रमणी आचार्यले जानकारी दिए।

सामान्य वर्षादको समयमा पनि सो सडकमा पटक पटक पहिरो खस्ने गरेका कारण सडक संचालनमा समस्या आएको छ ।

सडक बन्द हुदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा,गुल्मी,अर्घाखाँची,पर्वत,पोखरा,स्याङ्गजा जाने सयौँ सवारी साधन सडकमै रोकिएका छन् । यो सडक उत्तर दक्षिण जोड्ने ५ नम्बर प्रदेशको मुख्य राजमार्ग हो ।

सडक अबरुद्ध हुँदा साविकको पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरु सहकमै रोकिनु परेपनि सबै यात्रुहरुलाई धैर्य गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। 

कार्यालयले यात्रुहरुलाई शनिवार वैकल्पिक मार्ग अपनाउन आग्रह समेत गरेको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ