arrow

प्रिमियर लिग : आर्सनल जित्यो, चेल्सी र म्यानयु रोकिए

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
EPL-Sport.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आइतबार राति भएको खेलमा आर्सनले एएफसी बर्नमाउथलाई २–० ले हरायो । आर्सनललाई विजयी गराउन मेसुत ओजिल र एलेक्स ओक्लेड एक–एक गोल गरे । अर्को खेलमा शीर्ष क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड १–१ बराबरीमा रोकिए । सुरुवातमा म्यानयुले जेस लिंगार्डको गोलबाट अग्रता लियो । यद्यपि, अन्तिम समयमा चेल्सीका डिएगो कोष्टाले गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकियो । 
 
लिगमा २५ खेलबाट ५३ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ४८ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो तथा समान ४८ अंक रहेको आर्सनल गोल अन्तरका आधारमा एक स्थान पछि तेस्रोमा छ । २५औं चरण खेल सकिँदा सम्म ४७ अंक जोडेको म्यान्चेस्टर सिटी चौथो तथा ४१ अंकको म्यान्चेस्टर युनाइटेड पाँचौ स्थानमा छ । जम्मा ३० अंक जोडेको डिफेन्डिङ च्याम्पियन चेल्सी १३औं स्थानमा छ ।
Zouma (centre) landed awkwardly on his right knee after winning a header in the second half
 
There was real concern for Chelsea's French defender Zouma as he lay in agony on the Stamford Bridge turf before being carried off
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ