arrow

राष्ट्रकवि घिमिरे उपचार गराई स्वदेश फिर्ता, एक महिनापछि फेरि जाने 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
madhav-prasad-ghimire-rastrakabi.jpg

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा शनिबार नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्किएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । 

उपचारपछि आफू स्वस्थ्य भएर फर्किएको उनले बताएको अधिकारीले जानकारी गराइन् । मेदान्तमा उपचार गराएपछि स्वस्थ्य भएको राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्किएका हुन् । 

उनका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानेछन् । 

राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । 

उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ