arrow

बार्सिलोनामा सुआरेज र रियालमा करिम बेन्जेमा चम्किए

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
la-leuga-suaraz.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष क्लब बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २–० ले हरायो । बार्सालाई विजयी गराउन डेभिड नाभारो र लुइस सुआरेजले एक–एक गोल गरे । दबाबमा रहेको लेभान्तेका चार खेलाडीले पहेंलो कार्ड पाए । यस्तै, रियाल मड्रिडले ग्रनाडाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो । रियाललाई विजयी गराउन करिम बेन्जेमा र लुका मोड्रिचले गोल गरे । ग्रनाडाका युसेफ अल अरबीले एक गोल फर्काए । 
 
रियाल बेटिसले भ्यालेन्सियालाई १–० ले हराउँदा सेल्टा भिगो र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडे । लिगमा २२ खेलबाट ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड ५१ अंक सहित दोस्रो तथा समान खेलबाट ५० अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ