arrow

रियालिटी शो रोडिजको टिम सडक दुर्घटनामा, १२ घाइते

घाइतेहरुको कालिङपोङ र सिलिगुडी अस्पतालमा उपचार भईरहेको छ ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
rodies.jpg.jpeg
दार्जिलिङ । रियालिटी शो ‘रोडिज’को छायांकन गर्न दार्जिलिङ जाँदा भएको सडक दुर्घटनामा शोको टिममा आबद्ध १२ जना गम्भीर घाइते भएका छन् । उनीहरु चढेको मिनिबस असन्तुलन भई दुर्घटना भएको थियो । घाइतेहरुको कालिङपोङ र सिलिगुडी अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटना दार्जिलिङको पिसोक भ्युप्वाईन्टमा भएको थियो । शोको टिमले सोही लोकेसनलाई छायांकनका लागि रोजेको थियो र उक्त लोकेसनमा सेटअपको तयारी भईरहँदा उक्त दुर्घटना भएको थियो । घटनाको जानकारी पाउनसाथ स्थानीय बासिन्दा र प्रहरी तुरुन्तै घटनास्थलमा पुगेका थिए ।

यो शोको १२ औं संस्करण प्रिन्सले जितेका थिए । यो पछि उनले ‘बीग बोस ९’को उपाधि पनि उनैले चुमे । अहिले प्रिन्स एमटीभीको शोको निर्णायक भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ