- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ। मध्यान्नको २ बजेको टनटलापुर घाम, घरमा स साना बालकालीका मात्रै । २ बर्षिया बालीका घरको आगन नजीकै गुन्द्रीमा बसीरहेकी छन् । विहान ८ बजे पकाएको खाना खाई रहेकी छन् । २ बर्षिया बालीकालाई हेर्ने जिम्मा ५ बर्षिया सौगात विकको हो । दुई बर्षिया रमीला लाई हेर्ने अनी घरको सम्पुर्ण रेखदेख पनी गर्नु पर्ने ।
सौगातका आमा र बुबा सबै विहानै काममा निस्की सकेका थिए । विहान ८ बजे खाना पिना खाएर खेतबारीको काममा आफ्ना आमाबुबा गएको ५ बर्षिया सौगातले बताए । अब उनका आमा बुबा बेुलुका ४-५ बजे पछी मात्रै घर फर्कीनु हुन्छ । त्यती बेला सम्म भाईको हेरचाह गर्ने सम्पुर्ण जिम्मा सौगातको नै हो ।
२ बर्षिया रमीला आफै खाना खान सक्छन् । तर उनले नजीकै आएका झिगाहरुलाई भने धपाउन सक्दैनन् । जम्मै झिगा (माखा) हरु सौगातले खाने भात, दालमा समेत परेका छन् । अनी उनले विच्छ्याएको गुन्द्रीमा समेत भातका सीता सरह झिगाहरु छन् । भात खाँदा हातमा समेत झिगा छन् । मुखभरी झिगा , कति बेला त त्यही झीगा संगै उनले भात पनी खाए । तर ५ बर्षिया सौगात भने घरको आगनमा अरु संगै खेली रहेकी छन् ।
यो एउटा साईपाल गाँउपालिका को प्रतिनिधी घटना मात्रै हो सौगात र रमीलाको । यस्ता उदाहरणहरु बझाङमा थुप्रै छन् । अभिभावकको बेवास्ताका कारण बझाङका बालबालीकाहरु कुपोषितको सिकार हुन थालेको छ । छोरा भयो भने बढी हेराचाह र माया गर्ने छोरीलाई अपहेलना गर्ने प्रचलन साईपाल गाँउपालिकामा मात्रै होईन बझाङ जिल्लाका १२ वटै स्थानीय तह हरुमा छ ।
अभिभावकहरु विहान देखी बेलुका सम्म काममा ब्यस्त हुने र स सानाा बालबालीकाहरु खानपानमा ख्यात तथा हेराचाह नगर्ने भएका कारण बालबालीकाहरुमा कुपोषित हुने र रोगको सिकार हुने गरेका छन् । विषेश गरी अभिाभावकहरुको लापर्वाहीका कारण बालबालीकाहरुमा कुपोषण हुने गरेको पाईएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर अनुप रेग्मीले बताए । गर्भाअवस्थामा समेत आराम नगरी महिलाहरुले सक्ने नसक्ने सबै काम गरी रहेको देखेको छु । डाक्टर रेग्मीले भने। बच्चा जन्मी सके पछी पनि महिलाहरुले बढी काम गरी रहेका हुन्छन् । उनीहरु आराम कहिले पनी गर्दैनन् । विहान देखी बेलुका सम्म काममा नै ब्यस्त हुन्छन् । यहाँका महिलाहरु छोरा छोरीको माया भन्दा पनी कामलाई बढी माया गर्ने गरेको डाक्टर रेग्मीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हाल सम्म जिल्ला भर मध्यम र कडा खालको कुपोषण भएका कुल १ हजार ३ सय २५ वालवालिका मध्ये ७ सय ६१ बालिका छन् । अभिभावकले उपचार गर्न नमान्दा यी मध्ये अधिकांस बालिकाको ज्यान खतरामा रहेको जनाईएको छ । पोषणका नाममा बिगत केही बर्ष देखि सरकारी तथा गैरसरकारी संघ सस्थाहरुबाट करोडौ लगानी भई रहेको भएता पनि अबस्था भने सुधार हुन सके्को छैन् ।
छोरा भन्दा बढी छोरी कुपोषीत
‘छोरा र छोरीमा विभेद गरीने भएकाका कारणले बढी जस्तो छोरा भन्दा पनि छोरीहरु कुपोषणको खतरामा पर्ने गरेको पाईएको ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनुप रेग्मीले बताए । जिल्लामा कुपोषण सम्बिन्धि ‘निशुल्क उपचार हुने गरेको भए पनि धेरै जस्तो अभिावकहरु उपचार गराउन नमान्ने गरेको उनको भनाई छ ।
कुरुवालाई खाना वस्नको व्यवस्था स्वास्थ्यले गर्दा गर्दै पनि अभिभावकहरुले छोरीको उपचार गर्न नमानेको उनले बताए । अभिभावकहरुमा यो मरे अर्की जन्माउला भनेर सजिलै भन्ने गरेको उनको अनुभव छ ।
अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालिकाहरुलाई स्थानीय बैद्य र धामी–झाक्रीलाई देखाउने चलन छ । बान्द्रे लागेको भन्दै जिउ भर बांदरको दिशा दलिदिने प्रचलन समेत रहेको डा. रेग्मीले बताउनु भयो । जिल्लामा गरेको सर्वेक्षणमा खाद्यान्न अभाव, अशिक्षा, अन्धविश्वास र असुरक्षित खानपान लगायत व्यवहारका कारण यहांका धेरै जसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुपोषित मध्ये पनि आधा भन्दा बढी बालिका रहेका छन् । छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउदा धेरै जसो बालिकाको ज्यान जोखिममा रहेको बताईएको छ । घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको हो ।