arrow

रामपुरका स्रष्टा अर्यालको पाचौं कृति ‘समृद्धिका पाइलाहरु’ विमोचन

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ २० आइतबार

पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले दोस्रो वार्षिक उत्सवको अवसरमा ‘समृद्धिका पाइलाहरु’ नामक कृति विमोचन गरेको छ । प्रतिष्ठानले शनिबार वार्षिक उत्सव कार्यक्रमका विच रामपुरका सर्जक तथा साहित्यकार बिष्णु बहादुर अर्यालद्धारा लिखित कृति विमोचन गरेको हो । समृद्धिका पाइलाहरु कविता सङग्रह अर्यालको पाचौं कृति हो ।

दोस्रो बार्षिकउत्सबका अबसरमा प्रमुख अतिथि बृन्द्धाबनका गुरु सुर्यपाकी महाराज केशवशरण देव र साहित्यिक प्रतिष्ठानका सल्लाहाकार हरिप्रसाद घिमिरेले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन्  पुस्तकको विमोचन गर्दै प्रमुख अतिथी आचार्यले साहित्यले चरित्र चित्रण, आचरण सँगै अधिकार स्थापित गर्न भुमिका खेल्ने बताए । साहित्यको महिमा जसले बुझ्न सक्दैन त्यसले मानबिक अर्थ बुझ्न नसक्ने उनको भनाई थियो ।

पुस्तकका लेखक तथा साहित्यकार विष्णु बहादुर आर्यालले बोल्दै यो पुस्तकमा ५० वटा कविता, ३ गीत र १९ गजल समावेश गरेको बताए । आफुले पुस्तकमा राज्य, जनताको दायित्व र संघियताले कसरी समृद्ध हुन सक्छ? नेता र जनताले के गर्नुपर्छ र देश समृद्धि तर्फ उन्मुख हुन्छ भन्ने बिषयलाई उजागर गरेको बताए ।  पुस्तक माथि रामपुर सहित्यिक प्रतिष्ठानका सल्लाहाकार तथा प्रध्यापक हरि प्रसाद घिमिरेले समिक्षा गरेका थिए ।

अर्यालले यसअघि ४ पुस्तक प्रकाशित गरिसकेका छन् । उनको स्वदेश र मुग्लान कविता संग्रह २०६१, श्रम सन्देश खण्डकाव्य २०६६, जयभूमी उपन्यास २०६७, र मेरा गीत गजलहरु २०७२ सालमा प्रकाशित छन् । रामपुर नगरपालिका १ गाँडाकोट मकैडाँडा जन्मस्थान भएका अर्याल हाल रामपुर ४ सदार्वतमा स्थायी बसोवास गर्छन् । अर्याल शिक्षण पेशामा आबद्ध छन् ।

प्रत्येक महिनाको तेस्रो शनिवार नियमित खुल्ला रचना बाचन गर्दै आएको प्रतिष्ठानले बार्षिकउत्सबका अबसरमा नियमित रचना बाचक किर्तिनाथ गौतमलाई सम्मान गरेको छ । कार्यक्रमको अवसरमा रामपुर र चापाकोटका १८ जना सर्जकहरुले गित, गजल, कविता, मुक्तक, श्लोकहरु बाचन गरेका थिए । रामपुर क्षेत्रमा साहित्यको जगेर्ना गर्ने उद्देश्यले प्रतिष्ठानले नियमित कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालले बताए ।

 राधाकृष्ण मन्दिरमा बेझाँडको आतिथ्यतामा भएको कार्यक्रम रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष ढकालको अध्यक्षता, प्रतिष्ठानका उपाध्यक्ष हुमा देवकोटाको स्वागत, सचिव गोविन्द प्रसाद भट्टराई र सदस्य शंकर सुनारको संञ्चालनमा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ