arrow

झापामा जिल्ला सभापति सर्वसम्मत

सभापतिमा फेरि थापा

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
congress.jpg.jpeg
झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिमा सर्वसम्मत सभापति चयन भएको छ । जिल्ला सभापतिमा उद्वप थापा सर्वसम्मत चयन भएका हुन् । यस्तै, सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे सर्वसम्मत भए । 
पार्टीको सांगठनिक जीवनलाई दुरदराजका गाउँघरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका थापाको विपक्षमा कसैको पनि उम्मेद्वारी दर्ता नभएपछि उहाँ निर्विरोध निर्वाचित भएक हुन । त्यसैगरी सचिवमा प्रेम सम्बाहाम्फे लिम्बू र कोषाध्यक्षमा केशवराज पाण्डे पनि निर्विरोध निर्वाचित भएका छन्। सातवटा निर्वाचन क्षेत्र रहेको झापामा क्षेत्र नं. ३ र ६ बाट १० जना जिल्ला सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । 
 
क्षेत्र नं. ३ बाट निर्विरोध निर्वाचित हुने जिल्ला सदस्यहरुमा खुल्लातर्फ कालेन्द्र राजवंशी, तोया गड्तौला, विजय रिजाल र सुरेश गिरी छन् । महिला कोटातर्फ लता चापागाईं कार्की निर्विरोध निर्वाचित भए । त्यसैगरी क्षेत्र नं ६ बाट खुल्ला जिल्ला समिति सदस्यतर्फ इमानसिंह तामाङ, उत्तम चौलागाईं, कात्र्तिकला राजवंशी र नेत्रबहादुर थापा निर्विरोध निर्वाचित भए भने महिला कोटातर्फ रामकुमारी पौडेल पनि निर्विरोध चयन भए । 
 
त्यसैगरी क्षेत्र नं. ४ बाट महिलाकोटामा सरस्वती सिटौला गोले र क्षेत्र नं. १ बाट डम्बरकुमारी थापा मगर निर्विरोध निर्वाचित भए । क्षेत्र नं. १ मा खुल्ला जिल्ला सदस्यतर्फ गंगाप्रसाद संग्रौला, चन्दन मेचे, दिलबहादुर दाहाल, दुर्गाप्रसाद सापकोटा, निरज घिमिरे, पुष्पराज पौडेल, रमेशकुमार दाहाल र सुवेशकुमार पनेरुको उम्मेद्वारी परेको छ । 
 
त्यसैगरी क्षेत्र नं. २ बाट जिल्ला सदस्यमा गोपीराज मैनाली, जलकुमार गुरुङ, पुस्तकराज नेपाल, मोहनसिंह कार्की, यदुप्रसाद दाहाल, यज्ञप्रताप अधिकारी, युवराज बिमली र लक्ष्मण खड्काको उम्मेदवारी परेको छ भने महिला कोटातर्फ पार्वता गिरी र प्रेमकुमारी सिटौलाले उम्मेदवारी दर्ता गराए । 
 
क्षेत्र नं. ४ मा खड्गप्रसाद चुडाल, गोपाल उप्रेती, भिष्म मिश्र, मदनविक्रम नेम्वाङ, रमेशकुमार भुजेल, लयप्रसाद भण्डारी र हरिप्रसाद निरौलाले खुल्लातर्फको जिल्ला सदस्यमा उम्मेद्वारी दर्ता गराए । 
 
त्यसैगरी क्षेत्र नं. ५ बाट इन्द्रबहादुर कार्की, उमाराम प्रसाईं, धर्मानन्द निरौला, नुर मोहम्मद मिया, भगिरथ पोद्दार, महेश्वर दुलाल, यमबहादुर बुढाथोकी, रत्नबहादुर लिम्बू, सुरेजविक्रम लक्सम र हेमराज प्रसाईंले जिल्ला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने महिलाकोटामा निर्मला कन्दङवा (निरु) र निता सिटौलाले उम्मेदवारी दर्ता गराए । 
 
त्यसैगरी क्षेत्र नं. ७ बाट खुल्लातर्फको जिल्ला सदस्यमा खडानन्द घिमिरे, ढलकबहादुर पन्त, तेजबहादुर धिमाल, पुरन अधिकारी (पवन), बुद्धिराज न्यौपाने, भिमबहादुर भट्ट्राई, रवि खत्री न्यौपाने, राजेन्द्रप्रसाद भण्डारी, विक्रम अधिकारी र विष्णु कार्कीले उम्मेदवारी दर्ता गराए भने महिलाकोटातर्फ मेनुका बुढाथोकी र सरस्वती सेडाईंको उम्मेदवारी परेको छ । 
 
जिल्ला समितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला आरक्षण कोटासहित जम्मा ५ जना सदस्यहरु निर्वाचित हुने कांग्रेसको विधानमा प्रावधान रहेको छ । 
 
उप–सभापति सदस्यहरुमा सर्वसहमतिको प्रयास भए पनि हाल सम्म टुंगो लागेको छैन । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पूर्वबाट पार्टी एक ढिक्का भएको सन्देश दिएको बताएका छन् ।
यस्तै, यसअघि पूर्वबाटै पार्टी एकताको सन्देश दिने बताएका नेता विश्वप्रकाश शर्माले झापा जिल्ला कार्यसमितिको सर्वसहमति पूर्वबाट घाम झुल्के जस्तै सुखद सुरुवात भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ