arrow

प्रेमगीतले पायो यू सर्टिफिकेट, सबै उमेरका फिल्म हेर्न पाउने(भिडियो)

युनिभर्सल सर्टिफिकेट पाएपछि सबै उमेरका दर्शकले फिल्म हेर्न पाउने बाटो खुलेको हो ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Pooja.jpg.jpeg
काठमाडौं । आशुसेन फिल्मसको दोस्रो फिल्म “प्रेमगीत”लाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । आगामी माघ २९ गतेबाट अल नेपाल रिलिज हुन लागेको प्रेमकथामय फिल्मले सोमबार फिल्म सेन्सर बोर्डबाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएपछि सबै उमेरका दर्शकले फिल्म हेर्न पाउने बाटो खुलेको हो । 

सन्तोष सेनले निर्माण गरेको फिल्ममा सुदर्शन थापाको निर्देशन छ । ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’ र ‘मेरो लभस्टोरी’ जस्ता प्रेमकथाका फिल्म बनाएर चर्चामा आएका सुदर्शनको यो फिल्म प्रतिक्षित फिल्ममा पर्दछ । फिल्ममा पुजा शर्मा, प्रदिप खड्का, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको शीर्ष गीत अहिले सर्वाधिक चर्चामा छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, रेनेशा बान्तवा राईको कोरियोग्राफी, राजेश श्रेष्ठ र सञ्जय लामाको छायांकन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ