arrow

धनकुटालाई मृत शहर हुनबाट बचाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
srrdhan_rai_1.jpg

विराटनगर  । धनकुटा बजारबाट दिन प्रतिदिन वसाई सराई तिव्र रुपमा बढ्न थालेपछि सोमवार १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई धनकुटा बजार व्यवस्थापन समितिले धनकुटालाई बचाउन तत्काल पहल गर्न आग्रह गर्दै विराटनगरमा गएर ज्ञापन पत्र बुझाएका छन् ।

 १ नम्वर प्रदेशको अस्थायी राजधानी धनकुटा नबनाएपछि धनकुटा बजारमा विस्तारै चहलपहल घट्दै गएकोमा अहिले आएर एक्कासी बजारमा शुन्यता छाउदै बन्द भएको धनकुटा बजारका उद्यमी ,व्यापारी, व्यवसायीहरु र सर्वसाधारणहरु समेतमा चरम निराशा छाउदै व्यवसायी तथा सर्वसाधारणहरु धरान,इटहरी,विराटनगरमा धनकुटाबाट व्यवसायलाई स्थानान्तरण र वसाई सराई हुन थालेपछि धनकुटा बजार व्यवस्थापन समितिले धनकुटा बजारलाई मृत शहर हुनबाट बचाउन विभिन्न कार्यक्रमहरुका  साथ पूर्वी पहाडी स्तरका  कार्यालयहरु तत्काल राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

मुख्यमन्त्री राईलाई  भौतिक पूर्वाधारले सम्पन्न र हावापानी लगायत सवै किसिमले उपयुक्त धनकुटालाई १ नम्वर प्रदेशको स्थायी राजधानी  बनाउन सहयोग गर्न अनुरोध गर्दै धनकुटा बजारलाई तत्काल मृत शहर हुनबाट जोगाउन १ नम्वर प्रदेश स्तरीय मेडिकल कजेल ,इन्जिनियरिङ्ग कजेल स्थापना गर्न र पूर्वी पहाडी जिल्लाहरु हर्नेगरी यातायत कार्यालय,आन्तरिक राजश्व,परिक्षा बोर्ड,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,श्रम लगायतका कार्यालयहरु धनकुटामा स्थापना गरी सेवा प्रवाह शुरु गर्न आग्रह गरीएको छुट्टा छ्ट्टै ज्ञापन पत्रहरु प्रदेश सभाका सांसद लिला सुब्बा, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लबमान श्रेष्ठ ,धनकुटा बजार व्यवस्थापन समतिका सल्लाहकारहरु जयन्द्र प्रधान,विजय सन्तोषी राई,पत्रकार लिलाबल्लब घिमिरेले बुझाउदै छलफल गरेका थिए ।   

सो अवसरमा ज्ञापन पत्र बुझ्र्दै मुख्यमन्त्री शेरधन राईले धनकुटाको विकास र समृद्धी अनी धनकुटाको इतिहास र गौरव कायम गर्नका लागी तत्काल पहल गर्ने प्रदेश प्रमुखको कार्यालय लगायत पूर्वी पहाडी जिल्लाहरु हेर्न गरीका यातायत,आन्तरिक राजश्व कार्यालय,परिक्षा बोर्ड लगायतका विभिन्न कार्यालयहरु राख्नका लागी सवैसंग परार्मश गरी छिटै राख्ने विश्वास दिलाएको धनकुटा बजार व्यवस्थापन समितिका  सल्लाहकार तथा धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईले वताए ।

धनकुटामा भएका क्षेत्रिय स्तरका कार्यालयहरु प्रदेश स्तरको कार्यालय अन्र्तगत विराटनगरमा गएको र जिल्ला स्तरका कार्यालयहरु  धनकुटाका सातवटै तहमा समायोजन भएपछि धनकुटामा एक्कासी अहिले चहलपहल घटेको कारण व्यापार व्यवसायमा मन्दीका साथ गिरावट आएकाले धनकुटा बजारका दुई दर्जन भन्दा बढी उद्यमी,व्यापारी तथा व्यवसायीहरु धनकुटामा व्यवसाय बन्द गरी अन्यन्त्र स्थानतन्रण भैसकेको धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लमान श्रेष्ठले जानकारी दिदै यसलाई तत्काल रोक्नका लागी प्रदेश सरकारले विशेष योजना धनकुटाका लागी अभिलम्ब ल्याउनु पर्ने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ