arrow

समकक्षीसंग अर्थमन्त्रीले तीन प्रमुख विषयमा छलफल गरे

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतका रुपमा दिल्ली दौडाहमा रहेका अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक तथा कुटनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । मन्त्री पौडेलले बिहान भारतीय वित्तमन्त्री अरुण जेट्लीसंग लन्च भैट गरेका छन् । भेटका क्रममा मन्त्री पौडेलले मुख्य तीन बुँदामा छलफल गरेका छन् । दुबै समकक्षीबीच भारतले दिने भनेको सहयोग आदान प्रदान, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा गरेको सहयोग प्रतिवद्धता र भूकम्पपछीको पुननिर्माणमा गर्ने भनेको सहयोगबारे छलफल भएको अर्थमन्त्री पौडेलका प्रेस संयोजक मोहन चापागाईले जानकारी दिए । 
 
जेट्ली र पौडेलबीत आन्तरिक अभ्यासका बारेमा समेत छलफल भएको छ । नयाँ सम्भावित परियोजनाका बारेमा छलफलमात्रै भएपनि खास गरेर प्रधानमन्त्रीको भारत भ्रमणमा हस्ताक्षर हुने पुरानै योजनाहरु रहेको बताइएको छ । जलविद्युत परियोजनाबारे भारतले नै चाँसो राखेकाले छलफल हुन स्वभाविक भएपनि अहिले नै त्यसबारे टुंगो नलाग्ने प्रेस संयोजक चापागाईले बताए ।
 
आन्तरिक रुपमा हाइड्रो पावर र फास्ट ट्रयाकबारे छलफल अघि बढेको श्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत भेट गर्ने कार्यक्रम भएपनि मोदी बाहिर गएकाले अनिश्चित भएको छ । अर्थमन्त्री राजनीतिक भेटघाट सकेर नीजी क्षेत्र र उद्योगिहरुसंगको छलफलमा केन्द्रीत भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ