arrow

दोलखा काँग्रेसको अधिवेशन स्थगित; मञ्च तोडफोड, मतपेटीका फालियो

कोइराला र लामाका कारण काँग्रेस लफडामा

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
dolakha-congress-lafada.jpg.jpeg
दोलखा। दोलखा कांग्रेसको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। पूर्व सभासद् तथा पूर्व केन्द्रीय सदस्य जिपछिरिङ् लामाले पार्टी कार्यकर्तालाई धोका दिएको भन्दै तारा कोइराला पक्षीय कार्यकर्ताले उद्घाटनसत्र नै रोकेका हुन्। पार्टीभित्र गुटबन्दीको राजनीति गरेको र कार्यकर्तालाई धोका दिएको भन्दै आक्रोशित युवाहरुले मञ्च तोडफोड गर्नुका साथै मतपेटीका समेत फालिदिएका छन्।
 
अधिवेशनका क्रममा लामाले जिल्ला सभापति तारा बहादुर कोइरालासँग सहकार्य गरेका थिए। उनीहरुले आफूलाई दोलखा काँग्रेसको शक्तिकेन्द्रको रुपमा देखाएका थिए। त्यसक्रममा उनीहरुले दोलखामा आफू अनुकुलका बाहेकलाई नेतृत्वमा आउने अवसरसमेत दिएका थिएनन्। काँग्रेसको केन्द्रीय निर्वाचन निर्देशिका बिरुद्ध गएर प्रत्यासी मध्ये सीटमा लडेका सबैलाई मत हाल्नुपर्ने र एक जना मात्रलाई मत दिए वदर हुने स्वघोषित नियम बनाएका थिए भने लामाले मतदान गर्न आएका सबै मतदातालाई आफ्नो पक्षमा मत दिएपछि मात्र अरु खुल्लाका बाँकी ५ जनालाई छान्ने अवसर दिएका थिए। त्यसलाई उनले आफू सर्वसम्मत भएको रुपमा अर्थ्याएका थिए। यो सबै लामा र कोइराला एकै ठाउँमा उभिदा सम्भव भएको थियो। 
 
तर पार्टीको जिल्ला सभापतिको निर्वाचन हुने अन्तिम समयमा आएर आइतबार राती लामाले देउवा पक्षको समर्थन जिल्ला सभापतिका लागि उम्मेद्वार रहेका रुद्र बहादुर खड्कालाई समर्थन गर्ने जनाएपछी लामा र कोइरालाको कार्यगत एकता टुटेको थियो। कुनै पनि हालतमा रुद्र बहादुर खड्कालाई रोक्न लागेका कोइरालाले त्यसका लागि क्याम्प परिवर्तन गरेर देउवा पक्षमा गएको चर्चा चलेको थियो। रुद्र खड्कालाई पनि काँग्रेसका केन्द्रीय नेताहरुले समर्थन जनाएका थिए। त्यसमध्ये केहि देउवा क्याम्पमा जाने तयारीमा लागेका नेताहरुको पनि भुमिका थियो। लामालाई देउवाले समेत फोन गरेर खड्काको पक्षमा लाग्न निर्देशन दिएपछि दोलखाको राजनीतिक समिकरण रातारात परिवर्तन भएको हो।
 
त्यसपछि भने रुष्ट भएका कार्यकर्ताले तनाव सिर्जना गरेका थिए। कार्यकर्ताले अभिभावक मान्दै महाधिवेशन प्रतिनीधि बनाएकामा अन्तिममा धोका दिएको भन्दै आक्रोश पोखेपछी नेता कार्यकर्ताको मञ्चबाट भागा–भाग भएको थियो। लामाले यसअघि संविधान सभा निर्वाचनमा समेत क्षेत्र नम्बर १ को उम्मेद्वार हुँदा यस्तै व्यवहार देखाएपछि लामो समय सम्म कार्यकर्तासंग ठाक–ठुक परेको थियो। भिमेश्वर नगर सभापति राजेश श्रेष्ठले भने, ‘हामीले उहाँलाई अभिभावक सोचेका थियौं, तर कांग्रेस दोलखालाई घात हुने र कार्यकर्तालाई घात हुने व्यवहार देखाएकाले युवाहरु आक्रोशित भएको हुन्।’
 
दोलखा काँग्रेसलाई यता नउताको बनाउन तारा कोइरालाको भुमिका नकारात्मक भएपछि उनीसँग पनि कार्यकर्ता रुष्ट भएका छन्। उनीहरुले दोलखा काँग्रेसका नयाँ नेतृत्वको लागि आवाज उठाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ