arrow

साग : निमाले दिलाइन् नेपाललाई पहिलो स्वर्ण, नेपालकाे पदक संख्या ११

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Nima-gharti-magar.jpg.jpeg
काठमाडौं । भारतको गुवाहाटी र सिलोङ्गमा जारी १२ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो स्वर्ण पदक हासिल गरेको छ ।  प्रतियोगिता सुरु भएको चौथो दिन नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 
 
आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्दै आएकी छन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताइन् । 
 
यस्तै, उसुको नानकुनतर्फ पनि नेपालले एक रजत पदक प्राप्त गरेको छ ।  प्रतिस्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८.८८ र सोमबार भएको दोस्रो चरणमा ९.२१ गरी कुल १८.१३ अंकसहित रजत पदक दिलाए । यो प्रतिस्पर्धामा सबैभन्दा धेरै अङ्क प्राप्त गरे पनि आइतबारको प्रतिस्पर्धामा केही अङ्क कम भएकाले रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अङ्कले अघि रहेको भारतले स्वर्ण पदक जित्यो । यी पदकसँगै नेपालको पदक संख्या ११ पुगेको छ । योसँगै नेपालको पदक संख्या १ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल ११ पुगेको हो । 
 
यसैबीच, नेपालले अइतबार पौडी एकलतर्फ पहिलोपटक पदक जितेको थियो । १३ वर्षीया गौरिका सिंहले पौडीमा कास्यपदक जितेकी हुन् । उनले दुई सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट २६.९३ सेकेन्डको राष्ट्रिय कीर्तिमानसमेत बनाएकी छन् । यसअघि सागमा नेपालले सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं संस्करणमा महिला रिलेमा स्वर्ण जितेको थियो ।
 
उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत जिते । त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले कास्य जितेकी छन् । कुस्तीको पुरुष ६१ केजीमा रामबहादुर यादवले कास्य जिते । त्यस्तै टेबल टेनिसको पुरुष टिम स्पर्धामा पनि नेपालले कास्य जितेको छ । यसअघि दोस्रो दिन भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनमै देवीकुमारी चौधरीले कास्य र कुस्तीमा सरोज यादवले कास्यपदक जितेका थिए ।
 
सु सान्सीको फाइनलमा तीन 
नेपालका झरना गुरुङ, जुनी राई र विन्दु पुनमगर उसुको सान्सीको फाइनलमा पुगेका छन् । फाइनल खेल मंगलबार हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ