arrow

उपेन्द्रको इन्ट्री, ओलीको गलपासो !

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
ncp-forum.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् । यो विस्तारलाई बेमेलका रुपमा लिनसमेत थालिएको छ । किनकि यो विस्तार प्रधानमन्त्री ओलीले आफूलाई नै अप्ठेरोमा पार्नका लागि गरेको भन्नेहरु बढ्न थालेका छन् । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा आउनुलाई विश्लेषकहरुले प्रधानमन्त्री ओलीको गलामा गलपासोका रुपमा लिएका छन् ।  यादवलाई ल्याउँदा ओलीले आफ्नै नैतिकता तोडे । उनले कुनै पनि हालतमा उपप्रधानमन्त्री नराख्ने बताएका थिए । 

अर्कातिर उनलाई यादवको पार्टी सरकारमा ल्याउनु तत्कालका लागि जरुरी पनि थिएन । दुई तिहाईको लोभले उनले यादवलाई सरकारमा त ल्याए तर त्यसपछिको भविष्य सोचेनन् । 

एक भारत निकट स्रोतका अनुसार भारतकै दबाबमा यादव सरकारमा पुगेका हुन् । स्रोत भन्छ ‘यादवले जमेर सरकारमा आफ्नो उपस्थिति देखाउने छन्, मधेसमा माग सम्वोधनका लागि सरकारसंग बार्गेनिङ्ग गर्नेछन्, ओलीको भरोसा भारतलाई अझै पनि छैन, त्यसबेला यादवले ओलीलाई सम्झाउने छन् ।’

के ओलीको अझै भरोसा छैन ? 
भारत निकट स्रोत भन्छ, ‘ओलीको भरोसा नभएको हैन तर ओलीले आफूले पपुलर मत पाउनका लागि देखावटी रुपमा भारतलाई गाली गरेको मन परेको छैन ।’ स्रोत भन्छ ‘भारतले ओलीका लागि धेरै लगानी गरे पनि त्यो छिट्टै बिर्सन्छन् यही खरावी पुर्नका लागि पनि यादव आएका हुन् ।’

भारत पनि दोहोरो भूमिका खेलिरहेको हो कि भन्ने पनि बुझ्न सकिन्छ । भारतले एकातिर ओलीलाई पनि प्राथमिकता दिइरहने अनि त्रास पनि देखाइरहने । अर्को एक स्रोत भन्छ, ‘भारतको चाहनामा पुष्पकमल दाहाल प्रचण्ड पनि छन्, उनी पनि भारतको बुझाइमा ‘लोयल’ छन्, उपेन्द्र यादव राजनीतिक रुपले प्रचण्डसंग नजिक रहेकाले चेक एण्ड ब्यालेन्स हुनेछ ।’

ओली निकट एक नेकपाका केन्द्रीय सदस्य भने यो डिजाइनलाई मान्न तयार छैनन् । उनी दाबी गर्दै भन्छन्, ‘यो डिजाइन ओली कमरेड कै हो, हामीलाई राजपाको विश्वास छैन, सरकार बलियो बनाउन यादवलाई पहिलेदेखि नै ल्याउने कुरा थियो, अहिले समय आएको मात्र हो ।’

के राजपा एक्लियो ? 
राष्ट्रिय जनता पार्टी राजपासंगको फोरमको यात्रा लगभग टुंगिँदो छ । यो चाहना नेकपाको हो कि कसको ? 

एक नेकपामा नेता भन्छन्, हामीलाई भरोसा फोरमसंग छ, विचार नजिक छ । राजपा भने विपक्षीसंग बढी मिल्छ ।’

के फोरम नेकपासंग र राजपा काँग्रेससंग मिल्छ त ? 
एक राजनीतिक विष्लेषकको बुझाइमा नेकपामा नेमकिपा भन्दा पहिले फोरम नै मिसिने छ । कसरी सम्भव छ त ? यसबारे उनी सहजै उत्तर दिन्छन्, ‘फोरमको पृष्ठभूमि हेर्नुस् थाहा पाउनुहुन्छ ।’

के राजपा काँग्रेससंग मिल्छ त ? उनी भन्छन्, ‘मिल्न पनि सक्छ ।’ उनी यसलाई दाबीका साथ भन्न सक्दैन् । किन त ? किनकि राजपामा धेरै थरी नेता छन् त्यसलाई मिलाउन समस्या छ । 

उनी थप्छन्, ‘अर्को समस्या पनि छ, काँग्रेस पनि जथाभावी थप्ने मनस्थितिमा नहुन सक्छ । राजपाका कतिपय नेताहरु काँग्रेसबाट गएका पनि हुन् । राजपा मिक्स भएकाले पनि कता जान्छ भन्ने टुंगो छैन ।’

नेकपाका अध्यक्ष प्रचण्डले पनि फोरमसंग पार्टी एकता हुने बताउन थालिसकेका छन् । पहिलेका एमाले र पछि माओवादी बनेका उपेन्द्र यादवले त्यसपछि भने फोरम पार्टी खोलेका थिए । 

यो पृष्ठभूमिले उनी राजपासंग मिसिनेमा दुई मत नहोला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ