arrow

जिल्ला सभापतिका लागि एउटै पक्षका दुई उम्मेद्वार

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
13th-congress.png.png.png
डोटी । जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि एउटै पक्षका दुई जनाले उम्मेद्वारी दिएका छन् । निवर्तमान कार्यवहाक सभापति रामप्रसाद उपाध्याय र प्रदीप देउवाले उम्मेद्वारी दिएका हुन् । दुबै देउवा पक्षकै हुन् । मतदान ढिलोगरी सुरु हुने बताइएको छ । यस्तै, सचिवमा पाँच जनाको उम्मेद्वारी परेको छ । ओमराज पाठक, जीतबहादुर खड्का, टिकाराम फुलारा, नारायण प्रसाद जोशी र बलबहादुर खड्का चुनावि मैदानमा छन् । 
 
कोषाध्यक्षमा भने दुई जनाको मात्रै उम्मेदुवारी परेको छ । नदराम मलासी र भरत बहादुर कठायत कोषाध्यक्षको प्रतिस्पर्धामा छन् ।  सदस्यतर्फ खुलामा  निर्वाचन क्षेत्र नम्बर १ बाट पाँच जना चयन हुनुपर्नेमा १० जनाको उम्मेद्वारी परेको छ । यस्तै, क्षेत्र नम्बर २ मा खुला सदस्य पाँच जनाका लागि ११ जनाको उम्म्द्वारी परेको छ । 
 
यस्तै १ नम्बर क्षेत्रमा महिला तर्फ दुई सदस्यको स्थानमा ४ जनाको उम्मेद्वारी परेको छ । क्षेत्र नम्बर २ मा महिला सदस्य भने निर्विरोध भएका छन् । आदीवासी–जनजाती, अल्पसंख्यक र दलितमा दुवै निर्वाचन क्षेत्रमा सर्वसम्मत चयन भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ