arrow

कबड्डी निर्देशकले बनाउने भए पुरानो डुंगा

फिल्मले डुंगा चलाएर गुजारा गर्ने एक भाईले आफ्नो अंशमा परेको डुंगा कसैले लगिदिएपछि परिवारमा आउने समस्यालाई प्रस्तुत गर्नेछ ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Purano-Dunga.jpg.jpeg
काठमाडौं । डेब्यु फिल्म ‘अनागरिक’ भए पनि फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’बाट ख्याती कमाएका निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुंगा’नामक नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मबारे जानकारी दिन राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माण हुन लागेको फिल्मका बारेमा जानकारी दिईयो ।

फिल्मका निर्देशक गुरुङका अनुसार फिल्मले डुंगा चलाएर गुजारा गर्ने एक भाईले आफ्नो अंशमा परेको डुंगा कसैले लगिदिएपछि परिवारमा आउने समस्यालाई प्रस्तुत गर्ने बताए । ‘फिल्म पूर्ण रुपमा नेपालीपन बोकेको हुनेछ,’निर्देशक गुरुङले भने,‘अघिल्ला फिल्म भन्दा पनि राम्रो फिल्म बन्ने आशा गरेको छु ।’

सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको व्यानरमा निर्माण हुने फिल्मको कथा रामबाबु र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियका कार्की, मेनुका प्रान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको अभिनय रहनेछ ।

अभिनेत्री प्रियंकाले रामबाबुको अघिल्लो फिल्म ‘कबड्डी कबड्डी’मा आफु छोटो भूमिकामा देखिए पनि अहिलेको फिल्ममा चाहिँ राम्रो भूमिकामा प्रस्तुत हुने दाबी गरिन् ।

रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ निर्माता रहने फिल्ममा बाल्मिकी पोखरेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । माओत्से को कथा रहने फिल्ममा निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत र शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ । पोखराको बेगनास ताल वरपर छायांकन गरिने फिल्मको सुटिङ यसै साताबाट हुने निर्माण पक्षले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ