arrow

प्रदेश २ मा नेकपाभित्र तनाव : महिला सांसदले हानिन् पुरुष सांसदलाई झापड

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार

जनकपुर । धनुषाको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद किशोरी साहले झापड खाएका छन् । नेकपा संसदीय दलको कार्यालयमा सांसद साहले झापड खाएका हुन् ।  

तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी मञ्जु यादवले साहलाई झापड हानेकी हुन् । प्रदेश संसदीय दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका एक सांसदले बताए । 

नेकपाका सांसदले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसँग सांसद यादवको लफडा भएको थियो । 

सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने जिद्दि गरेपछि लफडा सुरु भएको हो । कम्प्युटर अपरेटरसँग सांसद यादवको भनाभन भइरहँदा सांसद साह झोक्किएका थिए । सांसद साहले अपशब्द बोल्दै झापड हान्नु भनेपछि रिसले चुर भएकी सांसद यादवले हात छोडिहालिन् । 

सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह नजिकै थिए । एउटा सांसदले अर्का सांसदलाई झापड हानेपछि प्रदेश २ मा नेकपा संसदीय दलभित्र तनाव भएको छ । सांसदहरु एक अर्काको बचाउ र आलोचनामा उत्रिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ