arrow

बाबरे स्वास्थ्य चौकी भवन जगदेखिनै गुणस्तरहिन भएको खुलासा 

logo
श्याम खतिवडा 
प्रकाशित २०७५ जेठ २४ बिहिबार
hawa_le_udayako_bhaabn_.jpg

चरिकोट । कमसल निर्माणका कारण विवादमा तानिएको बाबरे स्वास्थ्य चौकी भवन जगदेखिनै गुणस्तरहिन र अनियमित भएको भन्दै सरकारले रोक्न निर्देशन दिएको तथ्य खुलेको छ । 
सामान्य हावाहुरीले गत साताको बुधबार राती स्वास्थ्य भवनको भित्रि छाना फलसेलिङ उडाएपछि विवादमा तानिएको उक्त भवनको गुणस्तरियताबारे पुनर्निर्माण प्राधिकरणले जग राखेलगत्तै गुणस्तरहिन र भवनसंहिता विपरित भएको भनी रोक्न निर्देशन दिएको तथ्य खुलेको हो । 

प्लान नेपालको आर्थिक सहयोगमा दोलखाको एक स्थानीय संस्था हुराडेक नेपालले दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेमा २०७३ माघ महिना बाट प्रिफ्याब स्वास्थ्य निर्माण सुरु गरि २०७४ मंसिरमा सम्पन्न गरेको थियो । निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको ४ महिना नबित्दै उक्त भवनको भित्रि छाना गत साताको बुधबार रातिको सामान्य हावाहुरीले उडाएर अस्तब्यस्त बनाएको छ ।
एक वर्षअघि पुनर्निर्माण प्राधिकरणका तत्कालिन कार्यकारी अधिकृत डा.गोविन्द पोख्रेल सहित जिल्लाका प्राविधिकहरुको टोली पुनर्निर्माण बारे अनुगमन गर्न बाबरे पुगेका बेला बाबरे स्वास्थ्यचौकीको प्रिफ्याब  गुणस्तरहिन र भवनसंहिता विपरित भएको भन्दै तत्काल भत्काउन निर्देशन दिएको थियो । 

तर प्राधिकरणका कार्यकारी अधिकृत सहित प्राविधिकको निर्देशनलाई व्यवास्ता गर्दै पँहुचको भरमा जबरजस्त बनाइएको  थियो । पोख्रेलको निर्देशनबारे भवनको जग गुणस्तरहिन भएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि राससका जिल्ला संवाददाता एवं अंग्रेजी पत्रिका दि हिमालयनका दोलखा संवाददाता गोकर्ण भण्डारीलाई हुराडेकका अध्यक्षले कार्यकक्षमै बोलाएर धम्किपुर्ण व्यवहार गरेको सञ्चारकर्मी भण्डारी बताउँछन् । 

हुराडेकले उक्त समाचारबारे सम्बन्धित सञ्चारकर्मीलाई साइबर अपराधको मुद्धा हाल्ने भन्दै वक्तब्य निकालेको थियो । उक्त वक्तब्य अहिलेपनि सुरक्षित रहेको भण्डारीले बताए । 

आवश्यक छानविन गर्छौ प्रमुख जिल्ला अधिकारी 
स्वास्थ्य चौकीको प्रिफ्याब भवन बारे चौतर्फी आलोचना भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले उक्त भवन निर्माण बारे आवश्यक छानविन गर्ने बताएका छन् ।

उनले उक्त भवनमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर र लागत सहित अध्ययन गरिने जानकारी दिएका छन् । उनले स्वास्थ्य जस्तो क्षेत्रमा मनोपरि गरेको खुल्न आए आवश्यक कार्बाही गर्ने प्रतिबद्धता समेत जनाएकाछन् । भवनबारे आफुहरुलेपनि अध्ययन गर्ने तयारी गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । 

यस्तो छ अहिले भवनको अवस्था 
सामान्य हावाहुरीले भवनका भित्री छाना फलसेलिङ उडाएपछि जडान गरिएका विद्युतिय लाइन सबै क्षेती भएका छन् । स्वास्थ्यचौकीका इन्चार्ज पवनकुमार साहले अहिले पनि भवनमा बाहिरको पानि पुरै भित्र आउने र पाइपहरु जडानमा उत्तिकै लापरबाही भएकाले जोडिएका सबै धाराहरुमा पानि नआएको बताए । 

उनले विच्छाइएका टायलहरु उक्किएको र वाथरुममा समेत पानि प्रवाहा नहुने बताएका छन् । निर्माण कम्पनीले स्वास्थ्य चौकीका सामाग्री प्रयोग गरेबापतको शुल्क समेत नतिरेको उनको गुनासो छ । साहका अनुसार उक्त भवनमा सहजै विरामी राखेर उपचार गर्न नसकिने बताएका छन् । 

भ्रामक प्रचार 
स्वास्थ्यचौकीको भित्री छाना हावाले उडाएर अस्तब्यस्त हुँदा पनि हावाले नउडाएको भन्दै हुराडेकले भ्रामक प्रचार गरेको छ । 

उक्त संस्थाले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कम गुणस्तरको सामाग्री प्रयोग गरी कमजोर भवन बारे गल्ति सच्याउनुको सट्टा उल्टै शुसासन र पारदर्शिता शब्दको अपब्याख्या हुनेगरि विज्ञप्ति प्रकाशन गरेको छ । 

विज्ञप्तीमा सबै अनियमितता ढाक छोप गर्ने विषय उल्लेख छ । हुराडेकले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने अन्तराष्ट्रिय संस्था प्लान नेपालको समेत बदनाम हुने गरि भवन निर्माणको काम गरेको सरोकारवालाहरुले बताएका छन् । 

स्रोतका अनुसार हुराडेकले उक्त भवन निर्माण गर्दा पढाई पुरा नभएका इन्जिनियरको प्रयोग गरेको थियो । उक्त इन्जिनियर पनि विचमानै हटेको र सव ओभरसियरले काम गरेकोले पनि भवन गुणस्तरिय हुन नसकेको एक जानकारले बताएका छन् । 

कार्बाहीको माग   
कमसल भवन निर्माण गरि जनताको स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा एक गैरसरकारी संंस्थाले अनियमितता गरेको भन्दै स्थानीयहरुले हुराडेक र निर्माण व्यवसायीलाई कार्बाहीको माग गरेका छन् । 

बाबरेका वडाअध्यक्ष नानी पाण्डेले जिल्ला स्थित सरोकारवाला निकायहरुमा जानकारी गरिसकेको बताउदै लिखित उजुरी हाल्ने  तयारी भैरहेको बताएका छन् । अध्यक्ष पाण्डेले ठेकेदार र साझेदारी संस्थाको लापरबाहिकै कारण कमसल भवन बनेको बताएका छन् ।

उनले उक्त भवन निर्माणको जिम्मा पाएको एबिसि कन्सट्रक्सनले गाउँमा पेटी ठेक्का दिएका साना निर्माण व्यवसायी सँगै स्थानीयलाई काम गरेको रकम अझै भुक्तानी नदिएको बताए । अध्यक्ष पाण्डेले भवनका सबै संरचना कमजोर रहेको भन्दै दोषीमाथि कडा कार्बाही गर्न माग समेत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ