arrow

राजस्व सङ्कलन वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिमा विभाग

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
birjung.jpg.jpeg
काठमाडौँ । लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल–भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले रु दुई खर्ब पाँच अर्बको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट चालु आवमा रु एक खर्ब तीन अर्ब राजस्व सङ्कलन गर्न लक्ष्य दिएको छ । 
 
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भारतसँग जोडिएका १९ वटै नाका सहजरुपमा सञ्चालन भएको बताए  । भन्सार विन्दुबाट सङ्कलन हुने राजस्व लक्ष्य पूरा गर्ने प्रयत्नका साथ विभाग क्रियाशील रहेको उहाँको भनाइ छ । “माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुन्छ । अगामी दिनमा वार्षिक लक्ष्य पुर्‍याउने कोसिसहित कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ” ढुङ्गानाले बताए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ