arrow

पत्नी मेलिनामाथिको आरोपमा खनिए ट्रम्प

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी पत्नी मेलिना ट्रम्पमाथि लागेको आरोपको विषयमा मिडियामाथि आक्रोश पोखेका छन् । यसअघि मेलिना ट्रम्पको सार्वजनिक स्थानमा कमै मात्र उपस्थित हुने विषयमा सार्वजनिक भएको विरवणलाई लिएर ट्रम्प मिडियामाथि खनिएका हुन् ।

ट्रम्पले गलत समाचारहरुको विवरण न्यायोचित नरहेको बताएका हुन् । बुधबार सातामा पहिलो पटक मेलिना ट्रम्प पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएकी थिइन् । गएको महिना उनी मिर्गौलामा देखिएको समस्याको कारण केही समय अस्पताल भर्ना भएकी थिइन् ।
ट्रम्पले मेलिनाले पछिल्लो समय आफ्नो काम निकै कुबलतापूर्वक गरिरहेको बताए । उनको अवस्था केही कमजोर बन्न पुगेको भए पनि उनले गरेको कामप्रति आफूहरु सन्तुष्ट रहेको ट्रम्पको भनाइ थियो ।

बुधबारको कार्यक्रममा अमेरिकी फस्र्ट लेडीले कुनै भाषणा गरिनन् तर उनको उपस्थिति नै सो कार्यक्रमको लागि महत्वपूर्ण बन्न पुगेको थियो । गएको मे १० यता कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् । जसको कारण मिडियाहरुमा उनको बुधबारको उपस्थितिले चर्चा पाएको थियो ।
 
क्यानडामा यसै साता हुने जी७ को सम्मेलन वा जुन १२ मा हुने ट्रम्प–किम वार्तामा मेलिना ट्रम्प सहभागी नहुने उनका प्रवक्ताले जानकारी दिएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ