arrow

पर्यटन सम्मेलनमा भाग लिन मन्त्री पोखरेल इजरायलमा

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Ananda-pokhral.jpg.jpeg
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायलमा हुन लागेको ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’सम्बन्धी सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरेलले इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा यही माघ २६ र २७ गतेसम्म हुन लागेको २२ औँ सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ  । 
 
विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको एक आपसमा सहकार्य गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मन्त्री पोखरेलले पनि नेपालको पर्यटनबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुईदिने सो सम्मेलनमा नेपाल, भारत बेलायत, ताइवान, जर्मनी, बुल्गेरिया, स्पेन, फिनल्याड, स्वीडेन, पोर्चुगल, फ्रान्स, जापान, भियतनाम, ग्रीस, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशका पर्यटन प्रतिनिधिको सहभागिता रहनेछ । 
 
प्रदर्शनीमा विश्व पर्यटन नक्सा पनि राखिनेछ । प्रर्दशनीमा नेपालका तर्फबाट इजरायलस्थित नेपाली दूतावासमार्फत नेपाल पर्यटन बोर्डअन्तर्गतका उत्कृष्ट पर्यटनसम्बन्धी छ वटा संस्थाले भाग लिनेछन् । इजरायल बसाइँका क्रममा मन्त्री पोखरेलले इजरायली समकक्षी यरिभ लेभिनसँग भेट गर्नेछन् । मन्त्री पोखरेल आगामी फागुन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ