arrow

मन्त्रालयको आदेशलाई धोती लगाउदै करोडौ रकम असुली गरी बारामा शिक्षक नियुक्ती

logo
मुकेश यादव,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
lalbabu-nawalkishor.png

बारा । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयहरुबाट गरिदै आएको शिक्षक सरुवा, नियुक्ती, अभिलेख कायम लगायत कार्यहरु गर्नमा चैत २१ गते देखि रोक लगाए पनि बारामा त्यसलाई अवज्ञा गरी शिक्षकहरुको नियुक्ती तथा दरबन्दी बितरण गरिएको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराले गैर कानुनी रुपमा करोडौ रकम असुल गरी नियुक्ति गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराका अध्यक्ष नवलकिशोर सिंह, सदस्य सचिव शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख लालबाबु साह लगायतका पदाधिकारीले मन्त्रालयको आदेशलाई धोती लगांउदै गैर कानुनी रुपमा कोटा वितरण गरी पछिल्लो मितिमा नियुक्ती गर्न लगाएको शिक्षा स्रोतले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराले जिल्लाको बिभिन्न सामुदायिक बिद्यालयहरुमा कायम रहेको अस्थायी  र राहत दरबन्दीलाई गैर कानुनि तरिकाले एक बिद्यालयबाट कटा गरी अर्को बिद्यालयहरुमा बितरण गरी त्यसमा शिक्षकहरुलाई गैर कानुनी तरिकाले नियुक्ती समेत गरेका छन् । एक बिद्यालयको अस्थायी  र राहत दरबन्दी कटा गरी अर्को बिद्यालयमा पढाउन कार्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्यव समिति र शिक्षा कार्यालयका पदाधिकारीहरुले दुई लाख देखी तीन लाख सम्म रकम असुली गरेर पछिल्लो मितिमा शिक्षक दरबन्दी बितरण तथा नियुक्ती गर्न कार्य गरीएको शिक्षा कार्यालयका असन्तुष्ट कर्मचारीहरुले बताएका छन् । बैशाख अन्तिम हप्ता मात्रै मन्त्रालयको आदेशलाई धोती लगांउदै अस्थायी करार र राहत दरबन्दी बितरण गरी नियुक्ती समेत गरिएको शिक्षा कार्यलयका कर्मचारीहरुले खुलासा गरेका छन ।

बिगत डेढ महिनाको अन्तरालमा ५० भन्दा बढी अस्थायी करार र राहत दरबन्दी एक बिद्यालयबाट कटा गरी  गैर कानुनी तरिकाबाट अर्को बिद्यालयमा पठाएर बिभिन्न बिद्यालयहरुबाट एक करोड भन्दा बढि रकम असुली गरीएको शिक्षा विकास तथा समन्वय एकाईका असन्तुष्ट कर्मचारीहरुले बताएका छन् । हालै मात्र अनौपचारीक शिक्षा  कार्यक्रम अन्तर्गत प्राप्त भएको एफ एस पीको लागि ४० वटा कोटा गुपचुप तरिकाले बिद्यालयहरुलाई बितरण गरीएको छ ।

तीन बर्षसम्म सञ्चालन हुने कार्यक्रमा एफ एस पी कोटा पाएका बिद्यालयहरुले प्रत्येक महिना  ६ हजारको दरले तलब पाउने व्यवस्था रहेको छ । ती दरबन्दी बितरण गर्दा जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय एकाईका पदाधिकारीहरुले ५० हजारको दरले रकम समेत दरबन्दी लिने बिद्यालयहरुबाट असुली गरेको एक बिद्यालयका प्रअले बताएका छन् । अस्थायी करार दरबन्दीमा आदर्शकोतवाल गाउँपालिकाको बेलवामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा हालै अबु अंसारीलाई नियुक्ती गरिएको शिक्षा विकास तथा समन्वय एकाईको बिद्यालय प्रशासन शाखाले जनाएको छ ।

 नियुक्ती गरिएका अंसारीको सबै कागजपत्रहरु पहिलाको शिक्षा कार्यालयले पुरानो मितिमा गरेको छ । पछिल्लो व्याक मितिमै प्रावी शिक्षक तृत्य दरबन्दीमा अस्थायी करारमा नियुक्ती गरिएका चन्देश्वर प्रसाद केशरी कलैया उपमहानगरपालिका १२ मा रहेको नेपाल निम्न माध्यमीक बिद्यालय सितलपुरमा हाजिर गराइएको छ । केशरीको पनि नियुक्ती गैर कानुनी तरिकाले गरिएको र त्यसको कागजपत्रहरु समेत गुपचुप तरिकाले राखिएको छ ।

 पचरौता नगरपालिकाको श्रीनगर बैरियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको राहत दरबन्दी एक महिना पहिला कटा गरी अर्को बिद्यालयमा दिएको बिद्यालयका निर्वतमान अध्यक्ष रामबाबु यादवले बताए । बिद्यालयबाट कटा गरीएको राहत दरबन्दी सिम्रौनगढ नगरपालिकाको खजानीमा रहको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयलाई बितरण गरीएको थाहा लागे पछि त्यसको बिरोध गरीएको बताए । एक बिद्यालयमा कायम रहेको कुनै पनि दरबन्दीलाई त्यस बिद्यालयबाट कटा गर्नु भन्दा पहिला सहमति लिनु पर्ने कानुनी ब्यवस्था रहे पनि बिद्यालयबाट कुनै सहमति नलिए दरबन्दी कटा गरीएको उनले बताए ।

सिम्रौनगढ नगरपालिकको देवापुरटेटामा रहेको हनुमान प्राथ्यमीक बिद्यालयमा हालै राहत दरबन्दी बितरण गरीएको छ । त्यसैगरी महागढीमाई नगरपालिकाको तेलकुंवामा रहेको  नेपाल राष्ट्रिय निम्न बिद्यालयलाई प्राप्त भएको दरबन्दीमा पनि हालै एक जनालाई नियुक्त गरीएको छ । शिक्षा विकास तथा समन्वय एकाईका बिद्यालय प्रशासन शाखा प्रमुख बिद्यान्न यादवले धेरै सामुदायिक बिद्यालयहरुमा पहिल देखि रहेको अस्थायी करार र राहत दरबन्दी कटा गरी अर्कोमा बितरण गरीएको थाहा हुन आएको बताएका छन ।

 एक बिद्यालयको दरबन्दी कटा गरी अर्को बिद्यालयमा बितरण गरिए पनि त्यस दरबन्दीमा नियुक्ती गरिएर आएका शिक्षकहरुको कागजपत्रहरु शिक्षा अधिकारी लालबाबु साहले आफैसँग राख्ने गरेका यादवले बताए । शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख लालबाबु साहले जिल्ला समन्वय समितिबाट नै निर्णय गराएर केही अस्थायी करार र राहत दरबन्दीहरु एक बिद्यालयबाट अर्को बिद्यालयमा बितरण गरीएको र दरबन्दी धेरै रहेका तर पढने बिधार्थीहरु थोरै भएको केही बिद्यालयहरुको मात्रै दरबन्दी कटा गरीएको उनले बताए ।

साविकको जिल्ला शिक्षा कार्यालयका धेरै अधिकारहरु स्थानीय तहमा गएको अवस्थामा शिक्षा कार्यालयबाट गरीदै आएको शिक्षक सरुवा, नियुक्ती लगायत कतिपय कार्यहरु कुन किसिमले गर्ने अन्योल रहेको अवस्थामा सरकारले चैत २१ गते देखि ती कार्यहरु गर्नमा रोक लगाएको थियो । शिक्षा मन्त्रालयले रोका गरेको शिक्षक दरबन्दी बितरण, नियुक्त र अभिलेख लगाएतका कार्यहरु पछिल्लो मितिमा गरीएको प्रश्नमा बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर बैशाख अन्तिम हप्ता बिदामा बसेकोले त्यसको बारेमा आफुलाई थाहा नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ