arrow

कार्यालयको सरसफाईबारे छड्के अनुगमन, केही कार्यालय र बिद्यालयमा फोहोरको डंगुर 

स्वास्थ्य कार्यालय नै सरसफाईको सुचक बाहिर

logo
 रमित बिक
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
fohar.jpg

बाजुरा । जिल्लास्थित सरकारी तथा गैरसकारी कार्यालयहरुको सरसफाई अवस्था बारे बिहिवार छड्के अनुगमन गरिएको छ । सरसफाई सप्ताहको अवसरमा जिल्लामा रहेका कार्यालयहरुले सरसफाईका सुचकहरुको पालना गरे नगरेको तथा कार्यालयमा सरसफाईको अवस्थाका बारेमा बुझ्न अनुगमन गरिएको युएन हेबिटेडका शिवराज न्यौपानेले बताए । 

अनुगमन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पत्रकार महासंघ तथा सञ्चार माध्यमको सहकार्यमा अनुगमन गरिएको हो । जिल्लालाई पूर्ण सरसफाई युतm जिल्ला घोषणाका गर्नेका लागि सरसफाई अभियानलाई पछिल्लो समय तिब्र बनाएको उनको भनाई रहेको छ । 

अनुगमनका क्रममा जिल्लाका केही कार्यालय परिसर तथा बिद्यालयमा सरसफाईको अवस्था दयनिय देखिएको छ । जिल्लामा रहेका ३४ कार्यालयहरुको शुक्रबार एक टोलीले अनुगमन गरेको हो । 

अनुगमनका गरिएका ३४ वटा कार्यालय मध्ये शिक्षा स्रोत केन्द्र अर्थात मालिका अगुवा श्रोत केन्दमा रहेको चर्पीको अवस्था अत्यन्तै बढी दुर्गन्धित देखिएको छ । 

मालिका नमुना मावि भित्रै रहेको अगुवा स्रोत केन्द्रमा चर्पीमा दिसा, पिसाब र गुट्खा खाएर फालेको पाईएको छ । चर्पीको प्यान वरिपरी दिसाको डङ्गगुर छ भने पिसाब भरिएर यत्रतत्र भएको पाईएको छ । 

बिद्यार्थीहरुलाई अध्यारोबाट उज्यालोतर्फ लिने तथा शिक्षकहरुका हरेक क्रियाकलाप सञ्चालन गर्ने स्रोत केन्द्रका अवस्था निकै खस्किदो अवस्था रहेको भेटिएको छ । 

त्यस्तै बालमन्दिर निमावि दोस्रो, क्रटोर जोन एकेडेमीको पुरानो भवन तथा आवासमा रहेको चर्पीको अवस्था समेत फोहोर देखिएको छ । त्यस्तै बडिमालिका बोडिङ्ग स्कुल, कन्र्भस  एकेडेमी बोडिङ्ग स्कुल, जिल्ला स्वास्थ्य कार्यालय बाजुरा सरसफाईको सुचक बाहिर पर्ने कार्यालय मध्येमा परेका छन् । 

त्यस्तै सरसफाइका सबै सुचकहरु लागु गर्ने कार्यालयहरुमा बडिमालिका नगरपालिकाको कार्यालय, जिल्ला कृर्षि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, रेडियो पौरखी, रेडियो बाजुरा, महिला तथा बालबालिका कार्यालय, गिफ्ट बाजुरा, पिसविन बाजुरा, सहास नेपाल,भु–संरक्षण कार्यालय, निर्धन उत्थान बैँक, एसिया बैँक, सेञ्चुरी बैँक, मालपोत कार्यालय, सेभद चिल्ड्रेन, सप्रोस नेपाल, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका कार्यालयहरु परेका छन् । 

सरसफाईका सुचकहरुमा खानेपानी कार्यालयका कर्मचारी तथा सेवा ग्राहीहरुले तताएको अर्थात फिल्टर गरेको प्रयोग गरेको हुनुपर्ने, शौचालयमा सफा, पानी, साबुन, ब्रस,मैत्री र हर्पेकहरु प्रयोग भएको हुनुपर्ने रहेको छ । 

मार्तडी भित्र रहेका बडिमालिका नगरपालिका ९ नम्बर वडाको शौचालय सफा देखिएपनि ८ नम्बर वडा कार्यालय निकै फोहर रहेको पाईएको छ । 

जथाभावी दिसा गरेको, शौचालयमा पानी, साबुनको व्यवस्था नगरिएको भेटिएको पत्रकार महासंघका उपाध्यक्ष एवं अनुगमन टोलीमा सहभागि रमा रावलले बताए । 

सबैजसो सरकारी कार्यालय सफा देखिएपनि विद्यालय भने दुर्गन्धीत र अव्यवस्थीत फोहर देखिएका छन् । शौचालयको सरसफाइमा कार्यालयको सरोकार र संवेनशिलता बारे जानकारी लिन पत्रकारलाई अनुगमन गरेर वास्तविकता बुझ्न लगाएको खानेपानी कार्यालय प्रमुख कृष्ण बोगटीले बताएका छन् । 

अनुगमन टोलीले फोटो संकलन सहीत सम्बन्धी कार्यालयका प्रतिनिधिसँग छलफल गरेको छ । संकलन गरिएको फोटो र कार्यालयको शौचालयको अवस्था बारे सम्बन्धीत निकायका प्रतिनिधि बोलाएर जानकारी गराउने कार्यालयले तयारी गरेको छ । सरसफाइको अवस्थामा सुधार ल्याउन र शौचालयको सरसफाईमा सचेत गराउन अनुगमन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ