arrow

दुई दर्जन बढी पत्रकार भए काँग्रेसका महाधिवेशन प्रतिनिधी

५ जना मनोनित हुने

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
union-leader-congress.jpg.jpeg
काठमाडौ। नेपाल प्रेस युनियनका सदस्य तथा समर्थित पत्रकार आफ्ना गृह जिल्ला तथा सम्वन्धित जिल्लाका कार्यक्षेत्रबाट नेपाली काँग्रेसको महाधिवेश प्रतिनिधीमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेहरु दुई दर्जन बढी पत्रकार रहेका छन्। महाधिवेशन नभएका करिव २सयको हाराहारीमा पत्रकार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए।
 
दाहाल केन्द्रीय सदस्यमा चुनाव उठ्ने
सिन्धुपाल्चेक क्षेत्र नं तीनबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। काँग्रेसको ८औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधी बन्दै आएका दाहाल १२औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय सदस्यको चुनाव लडेका थिए। दाहाल यस पटक पुन महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। उनले फेरि केन्द्रीय समितिको लागि उमेद्वारी दिने तयारीमा छन्।
 
को को पत्रकार भए त प्रतिनिधि?
धार्दिङ क्षेत्र नं तीनबाट पत्रकार देवप्रकाश त्रिपाठी पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। घटना र विचार साप्ताहिकको संस्थापक सम्पादक रहेका त्रिपाठी र धादिङबाट नै केहि समय अघि सम्म कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्दै अएका दीपेन्द्र सिंह थापा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
 
काभ्रेपलाञ्चोकबाट नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा निर्वाचित भएका छन्। धनकुटाबाट विजय सन्तोषी राई महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन्। ओखलढुंगा क्षेत्र नं दुईबाट नेपाल प्रेस युनियनकै उपाध्यक्ष बाला अधिकारी निर्वाचित भइन्। यस्तै प्रेस युनियनका मध्यपश्चिमाञ्चलका क्षेत्रीय संयोजक देवेन्द्र वर्मा प्युठानबाट महाधिवेशन प्रतिनिधि बनेका छन्। प्यूठानबाट बर्मा सहित प्रमोद पोखरेल र भुवन सुनार सहित ३ जना महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन्। सुनार दलित कोटाबाट निर्वाचित भएका हुन्। रौतहटबाट युनियनका केन्द्रीय सदस्य सञ्जय कार्की निर्वाचित भएका छन्। झापा ४ बाट युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई निर्वाचित भएका छन्। यस्तै युनियनका सदस्य पत्रकार चित्र मिजार दलित कोटामा सिन्धुपाल्चोकबाट निर्वाचित भएका छन्।
 
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ४ को सभापति पदमा पत्रकार हरि लम्साल निर्वाचित भएका छन्। प्रेस युनियनका पार्सद कृष्ण रिजाल धार्दिङ ३का क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन्। क्षेत्रीय सभापति स्वत महाधिवेशन प्रतिनिधी हुन्छ। कास्की क्षेत्र नम्वर ४ बाट पत्रकार राज बहादुर गुरुङ महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन्। 
 
बागलुड् २ बाट युनियनका पार्सद डिल्ली सुवेदी महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन्। युनियनका पार्सद उर्मिला कँडेल धादिङ क्षेत्र नं.३वाट कांग्रेस महाधिवेसन प्रतिनिधि निर्बाचित भएका छन्। 
 
त्यसैगरि मेघराज ओली र हेमन्त कर्माचार्य बाँकेबाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन्। प्रकाश परियार सुनसरीबाट प्रतिनिधी चुनिएका छन्। युनियनका पूर्व केन्द्रिय सदस्य झपिन्द्र गैरे पाल्पाबाट निर्वाचित भएका छन्। झापाबाट पत्रकार लोकराज ढकाल निर्वाचित भएका छन्। 
 
त्यसैगरि वागलुङबाट पत्रकार जगन्नाथ आचार्य, धिरप्रताप सिंह, जगदिश भट्टराई गुल्मी र रामचन्द्र जोशी गुल्मीबाट महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन्। 
 
यता नेपाली काँग्रेस प्युठान नगर सभापतिमा प्रेस युनियन प्युठानका सस्थापक अध्यक्ष मेघराज भट्ट बिजय भएका छन्। युनियनका केन्द्रीय सदस्य शुरेश श्रेष्ठ काँग्रेस दाङको क्षेत्र नं ४को क्षेत्रीय सदस्य पदमा विजयी भएका छन्। काभ्रेको जिल्ला सदस्यमा युनियनका पार्सद महेश पौडेल निर्वाचित भएका छन्। पत्रकार ऋषि धमला बुथ प्रतिनिधि बनेपनि महाधिवेशन प्रतिनिधि लडेनन्। 
 
नेपाली काँग्रेसले नेपाल प्रेस युनियनलाई ५ जना महाधिवेशन प्रतिनिधी आफ्नो महाधिवेशनमा भाग लिन दिने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ