arrow

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
kalikot-district.png

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भनिन् ।

उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।

सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गरिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ