arrow

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश (पूर्ण पाठ सहित)

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
pradesh-5-planning.png

बुटवल । प्रदेश नम्वर ५ को सरकारले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षका लागि प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको छ । शुक्रवार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित बिकास गरी ५ नम्वर प्रदेशलाई नेपालकै नमुना प्रदेश बनाउने बताए  ।

प्रदेश सरकारले एक बर्ष भित्रमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने, ८४ वर्ष पुगेका जेष्ठ नागरीकलाई घरमा नै स्वास्थ्य सुबिधा उपलब्ध गराउने, न्युन आय भएका महिलालाई २ बच्चा सम्मका लागि सुत्केरी पोषण भत्ता उपलबध गराउने नीति लिएको छ ।

प्रदेश सरकारले लुम्विनी सहित बुद्ध जन्मस्थलहरुलाई समेटेरी एकिकृत पर्यटन बिकास गर्ने , पर्यटकको बसाई बढाउने, भैरहवा परासी, चन्रौटा कृष्णनगर र दागमा औद्यागिक कोरीडोर स्थापना गर्ने र नेपालगञ्जलाई प्रदेशको औद्योगिक राजधानि बनाउने नीति लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ