arrow

मधेस आन्दोलनको नयाँ घुम्ती : राजेन्द्र विच्किए, नाका अवरोध र आमहड्ताल स्थगित

महताेकाे सनक :‘मै काम गर्ने, मलाई नै निर्देशन दिने’

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Madheshi_Morcha .jpg.jpeg
काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतोले आत्मालोचना गर्नुपर्ने भन्दै मोर्चामा बहस चलेपछी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार घटकबीच मतभेद सुरु भएको छ । मोर्चाका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले संस्थागत निर्णयअघि राजेन्द्र महतोले नाका अवरोध खोल्ने उद्घोष गरेका विषयमा आत्मालोचना गर्नु पर्ने भन्दै मोर्चाको सतही कुरा बाहिर ल्याएको हो । 
 
यस्तै, दिउँसो बसेको मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्दै सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा देखाएको पछिल्लो क्रियाकलाप र अभिव्यक्तिले ठूलो क्षति पुगेको भन्दै अब उपरान्त यस्ता क्रियाकलाप नगर्न निर्देश गरेपछी मतभेद चलेको छ । महतोले ६ महिना सम्म सशक्त आन्दोलन गर्ने आफुलाई अहिले निर्देशन दिने भन्दै मोर्चाले जारी गरेको विज्ञप्तीमा हस्ताक्षर नै गरेनन् । । विज्ञप्तीमा आन्दोलनकै क्रममा सद्भावना अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उपरान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ भन्ने उल्लेख छ । 
 
झगडा भएको हो र, हस्ताक्षर छैन नी विज्ञप्तीमा ? 
सद्भावना अध्यक्ष राजेन्द्र महतोसंग सम्पर्क हुन नसकेपछी सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई सम्पर्क गर्दा कर्णले विज्ञप्तीमा निर्देशनको बुँदा उल्लेख गरेकाले अध्यक्षले असहमति जनाएको बताए । कर्णले भने, ‘निर्देशको विषयमा असहमति जनाउँदै हस्ताक्षर नगर्नु भएको हो, उहाँले ६ महिना सम्म आफुले सशक्तरुपमा काम गरेको, अहिले आएर मलाई नै निर्देश गर्ने भन्दै असन्तुष्टी जनाउनु भयो ।’ आन्दोलन असफलताको छायाँ परेसंगै मोर्चामा जस लिने विषयको झगडा सुरु भएको छ । 
 
बैठकमा सद्भावनाबाट कोही उपस्थित थिएन त्रिपाठी 
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले बैठकमा सद्भावनाका कोही पनि उपस्थित नरहको बताए । त्रिपाठीले भने, ‘बिहान अध्यक्ष ज्यूको निवास भक्तपुरमा भएको अध्यक्षहरुको बैठकमा सद्भावना अध्यक्ष आफै जानु भा हो, दिउँसोको बैठकमा कोही आएनन् ।’ उपस्थित नभएपछी हस्ताक्षर नभएको हो । त्रीपाठीले आन्दोल जारी रहेपनि आमहड्ताल र नाका अवरोधको कार्यक्रम स्थगित गरेको बताए । मोर्चाले दबाबका थप कार्यक्रम समेत घोषणा गरेको छ । 
 
मोर्चाले जारी गरेको विज्ञप्ती
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ